८ असोज, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ आज स्वदेश फर्किएकाछन् । सि जिनपिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर उनी आज चीन फकिएएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गरेका थिए । कार्यक्रममा सहभागी हुन उनीसहित चिनियाँ कम्युनिष्ट पार्टीका १४ जना नेता सहभागी भएका थिए ।
नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी गत सोमबार नेपाल आएका थिए ।