कालोबजारी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण

नेपालबहस संवाददाता
असोज ९, २०७६ बिहिबार १३:५:१०

९ असोज, चिप्लेढुङ्गा । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालोबजारी रोक्न नारी जागरण अभियान पोखराले प्रदेश सरकारको ध्यानाकार्षण गराएको छ ।
पर्वहरुलाई विकृतिरहित र मौलिक रुपमा मनाउने वातावरण सिर्जना गर्न अभियानले गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।
अभियानका संयोजक अञ्जु केसीले चाडपर्वको नाममा हुने कालोबजारी, सार्वजनिक यातायातको दोब्बर भाडादर, गुणस्तरहीन उपभोग्य वस्तुहरु, चोरी डकैती, हत्या, हिंसालगायतका सामाजिक विकृति नियन्त्रणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको बताए ।
ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री चुमानले नागरिकस्तरबाट सरकारलाई ध्यानाकर्षण गराएकामा नारी जागरण अभियानलाई धन्यवाद दिदैं पर्वलाई सामाजिक सद्भाव कायम गरेर विकृतिरहित बनाउनका लागि सरकार गम्भीर रहेको बताए।
उनले सचेत नागरिकबाट सभ्य समाज निर्माण हुने भन्दै सरकारसँगै नागरिकले आफ्नो कर्तव्य पालना गर्न सके सामाजिक सहिष्णुता कायम हुने बताए । “एकले आफ्नो स्वतन्त्रताको उपभोग गरिरहँदा अर्कोले आफ्नो अधिकार हनन भएको महसुस गर्ने वातावरण हुनुहुँदैन”, मन्त्री चुमानले भने ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले शान्ति सुरक्षा, अस्वभाविक मूल्यवृद्धि र कालोबजारी न्यूनीकरणका लागि स्थानीय प्रशासन इमान्दारीपूर्वक आफ्नो कर्तव्य पालन गर्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध
जेठ ८, २०८० सोमबार
असहाय र जेष्ठ नागरिकको अभिभावक बन्दै दमक नगरपालिका
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद समाधान गर्न शेखर कोइराला तयार
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
राजतन्त्र बारे गणतन्त्रवादीले जवाफ दिनुपर्ने प्रश्न
बद्रीनरसिंह के.सी.
मंसिर १५, २०८० शुक्रबार
उस्तै अर्थनीति फरक दल : रास्वपाको उदार अर्थनीति क्रोनिक र दलाल अर्थनीति भन्दा फरक होला ?
मंसिर १६, २०८० शनिबार
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु , बसमा आगो लगाएर प्रदर्शनमा उत्रिए स्थानीय
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
मंसिर १६, २०८० शनिबार
वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
काठमाडौंमा चाँडै पानी ल्याउन मेलम्ची पुगे मन्त्री यादव
मंसिर १६, २०८० शनिबार
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
मंसिर १६, २०८० शनिबार