भालुको बिगबिगी बढ्यो, रातभरि जाग्रम बस्नुपर्ने बाध्यता
नेपालबहस संवाददाता
असोज ९, २०७६ बिहिबार १७:२२:३४
भोजराज कार्की/रासस
९ असोज सोलुखुम्बु । जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् ।
टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ७६ वर्षीय शेर्पा गाई चराउँदै सितिलिङ भन्ने स्थानमा पुगेपछि एक्कासी भालुले आक्रमण गरेको थियो । उनको अनुहार, पेट, टाउको र खुट्टामा गम्भीर चोट लागेको वडा सदस्य उत्रमान खालिङले जानकारी दिए । उनका अनुसार घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।
त्रासैत्रासमा बित्छ दिन
यतिबेला सोलुखुम्बुको माथिल्लो क्षेत्रका नागरिकको दैनिक त्रासैत्रासमा बित्ने गर्छ । यहाँका नागरिक रातभरि जाग्राम बस्ने गर्छन् । वर्षभरि खान लगाएको मकै बाली जोगाउनदेखि घरपालुवा जनवारको समेत रक्षा गर्न जाग्राम बस्नुपर्ने नगरपालिका–७ का चन्द्रमाण श्रेष्ठको भनाइ छ ।
हिजोआज मकै पाक्ने बेला भएकाले घर आँगनमै भालु आउँदा त्रासपूर्ण अवस्थामा बस्नुपरेको स्थानीयवासी बताउँछन् । एक रोपनी क्षेत्रफलमा लगाएको मकैबाली एकै रातमा सखाप पारिदिने गरेको नगरपालिका–७ नाजिङका बलराम खत्रीले बताए।
दुई दिन अगाडि मात्रै करीब डेढ रोपनी क्षेत्रफलमा लगाएको मकै सखाप पारेको भन्दै गार्माका चन्द्रमाण श्रेष्ठले राहतको लागि वन डिभिजन कार्यालयमा निवेदनसमेत दर्ता गराए । निवेदन दर्ता गराएको भए पनि राहत पाउने आशा नभएको उनको भनाइ छ । अन्नबाली सखाप पारिदिने भए पनि राज्यले नागरिकको सुरक्षा र हुने सम्भावित क्षतिको मूल्याङ्कन गरी सहयोग गर्ने सवालमा चुकेको स्थानीयवासीको भनाइ छ ।
वन ऐनअनुसार वन्यजन्तुलाई कुनै पनि बहानामा सिकार गर्न पाइँदैन । त्यसैले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, दोस्रो संशोधन, २०७४ अनुसार वन्यजन्तुले आक्रमण गरी सामान्य घाइते बनाएमा रु २० हजारसम्म, सख्त घाइते बनाएमा रु दुई लाखसम्म र मृत्यु भएमा मृतकको हकवालालाई रु १० लाखसम्म राहत उपलब्ध गराउने प्रावधान छ ।
निर्देशिका नै परिवर्तन गर्नुपर्ने
निर्देशिकामा जङ्गली जनवारले घरगोठ, पशुधन र अन्नबालीमा क्षति पु¥याएमा राहत रकम उपलब्ध गराउने व्यवस्था उल्लेख गरेको छ । क्षतिको प्रकृति र आवश्यक सिफारिशको आधारमा रु १० हजारसम्म राहत रकम उपलब्ध गराउन सक्ने भनी उल्लेख गरिएको छ ।
निर्देशिकाले परिभाषित गरेअनुसार जङ्गली जनवारमा हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउचितुवा, जङ्गली बदेल, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, मगर गोही, अर्ना, गौरीगाई र अजिङ्गर पर्छ ।
हात्ती, गैँडा, अर्ना र जङ्गली बदेलले अन्नबालीमा क्षति पु¥याएमा राहत उपलब्ध गराउने व्यवस्था उल्लेख गरे पनि अन्य जनवारले क्षति गरेमा राहत उपलब्ध नगराउने किटानका साथ सोही निर्देशिकामा लेखिएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा अर्ना, हात्ती, गँैडा नहुने तर भालुले बारम्बार क्षति पु¥याउँदा राज्यले राहत उपलब्ध गराउनेतर्फ ध्यान नदिएको यहाँका स्थानीयवासीको गुनासो छ ।
गार्माका चन्द्रमाण श्रेष्ठले भालुले मकैलगायतको अन्नबाली सखाप पार्ने तर राज्यले राहत दिने व्यवस्था नगर्दा समस्या भएको बताए । तराईका जिल्लामा हुने क्षतिलाई हिमाली तथा पहाडी क्षेत्रमा समेत राखिँदा कृषक मारमा परेको महाकुलुङका युमन खालिङले बताए । हाल क्रियाशील रहेको निर्देशिकासमेत तत्काल पुनरावलोकन गरी क्षेत्रअनुसार राहत वितरणको व्यवस्था गर्न उनीहरुले मागसमेत गरेका छन् ।
अघिल्लो वर्ष नौ जना भालुको आक्रमणबाट घाइते भएका थिए भने चालू वर्षमा मात्रै चार घाइते भएका छन् । भालुले सताउन थालेपछि यहाँका स्थानीयले मार्न पाउनुपर्ने या सुरक्षाको ग्यारेण्टी हुनुपर्ने मागसमेत राख्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय, नगरपालिकामा समेत लिखितरूपमा निवेदन दिँदै भालु नियन्त्रणका लागि माग गरेका छन् ।
भदौ ५ गते मात्रै सोलुदूधकुण्ड नगरपालिकाको वडा नं ३ मा स्थानीयवासीले थापेको ट्रयापमा भालु फसेको थियो । डिभिजन वन कार्यालय, जिल्ला प्रशासन र प्रहरीको समन्वयमा उक्त भालुको उद्धार गरी अहिले काठमाडौँमा उपचार भइरहेको डिजिभन वन कार्यालय प्रमुख इन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
भोलीदेखि सुरुहुन कक्षा १२ को परीक्षामा झण्डै ५ लाख परिक्षार्थी, प्रश्नपत्र अनलाइनबाटै पठाइने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव : 'पपुष्लिट' नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार