१३ माघ २०७९, शुक्रबार
सुनचाँदी

सुनचाँदीको भाउ घट्यो

प्रकाशित मिति :  ९ आश्विन २०७६, बिहीबार १२:१७


सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो

९ असोज, काठमाडौं । सुनको भाउ बिहीबार घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेर ७१ हजार रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला १ हजार रुपैयाँले नै घटेर ७० हजार ७ सय रुपैयाँमा आइपुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । पछिल्लो समय सुनको मूल्यमा तीब्र उतारचढाव भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर तोलाको ८६५ रुपैयाँ पुगेको छ । अहिले चाडवार्डको सिजन हो । चार्डवार्ड नजिकिएसँगै सुनको माग बढ्ने गर्छ ।

यसअघि सुनको भाउ भदौ १८ गते हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिर्औस न्यूनतम १ हजार ५०३।२० डलरदेखि १ हजार ५११।१२ डलर सम्म कारोबार भइरहेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा