१७ माघ २०७९, मंगलवार

बैंकका सीईओहरुको सम्पत्ति छानबिन प्रक्रिया सुरु

प्रकाशित मिति :  ९ आश्विन २०७६, बिहीबार १२:४२


१० बैंकका सीइओको सम्पत्ति छानविन गर्दै

९ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत ‘सीईओहरु’को सम्पत्ति छानबिन प्रक्रिया सुरु गरेको छ ।

कर्जा प्रवाहमा अनियमिता भएपछि विभागले बैंकका सीईओ र कर्जा शाखामा उच्च कर्मचारीको छानबिन प्रक्रिया सुरु गरेको हो । विभागले अहिलेसम्म १० वटा बैंकक सीईओ, केही उच्च कर्मचारी र ऋण शाखाका कर्मचारीको सम्पत्ति छानविन गरिसकेको छ ।

सीईओहरु विरुद्ध प्रक्रिया पूरा नगरी ऋण दिएको र त्यसबापत माेटो रकम कमिशन लिएर सम्पत्ति शुद्धीकरण गरेको भन्ने उजुरी परेको समाचार स्रोतले बताएकाे छ । अनुसन्धानमा विभागले सीईओको तलब कति छ, बोनस कति पाउँछन्, पहिले कति सम्पत्ति थियो र अहिले कति सम्पत्ति छ भनेर अनुसन्धान गरिरहेको छ ।

खासगरी, ललिता निवासको सरकारी जग्गा धितो राखेर बैंकहरुले कर्जा दिएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सीईओहरुको सम्पत्तिको छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

विभागले केही वाणिज्य तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कर्जा प्रमुखको सम्पत्तिको छानबिन प्रक्रिया समेत अगाडि बढाएको हो ।

नेपालमा तलब सुविधाको दृष्टिकोणले बैंक तथा वित्तीय संस्थाको जागिर आकर्षक मानिन्छ । अझ सीईओहरु अत्याधिक तलब सुविधा लिनेमा पर्छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा





बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता