२६ माघ २०७९, बिहीबार

आजबाट नयाँ दिल्लीमा नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनको तेस्रो बैठक सुरु

प्रकाशित मिति :  ९ आश्विन २०७६, बिहीबार १२:५५


आजबाट नयाँ दिल्लीमा नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनको तेस्रो बैठक सुरु

९ असोज, काठमाडौं । नेपाल भारत वाणिज्य सन्धि पुरावलोकन सम्बन्धि तेस्रो बैठक भारतको नयाँ दिल्लीमा बिहिबारदेखि सुरु हुने भएको छ ।

दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलका सहसचिव नवराज ढकालले गरेका छन् । दुई देशका सहसचिवस्तरमा हुने बैठकमा नेपाल भारत वाणिज्य सन्धि २००९ को पुनरावलोकनको विषयमा छलफल हुने छ ।

वाणिज्य सन्धिलाई पुनरावलोकन गर्ने विषयमा दुई देशका उच्च अधिकारीबीचमा छलफल हुने मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन । भारतको नयाँ दिल्लीमा हुने उच्चस्तरीय बैठकमा वाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा गहनरुपमा छलफल हुनेछ ।

२ दिन चल्ने बैठकमा नेपालका तर्फबाट मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा अर्थ, कानून, परराष्ट्र मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग प्रमुख, क्वारेन्टाइन प्रमुख र भारतस्थित नेपाली राजदुतावासका प्रतिनिधि रहने छन् ।यसअघि वाणिज्य सन्धि पुनरावलोकन सम्बन्धि दोसो बैठक माघमा पोखरामा भएको थियो ।

यसअघिको छलफलमा व्यापार घाटा न्यूनीकरण गर्न गैरभन्सार अवरोध हटाउने, रेल्वे, वाटर वे र रोडवेलगायतका कनेक्टिभिटी, नेपाल–भारत अवैध व्यापार रोक्ने विषयमा छलफल गरिएको थियो । मन्त्रालय सहसचिव रविशंकर सैजुले वाणिज्य सन्धि पुनरावलोकन गर्न प्राविधिक पक्षमा छलफल गरिने जानकारी दिए ।

सन्धिको बिस्तृत पक्षमा छलफल गरी अहिलेको सन्धिमा उपयुक्त नभएका विषयलाई हटाइने उनले जानकारी दिए ।
भारतसँगको व्यापारघाटा बढिरहेका बेला त्यसलाई घटाउने तथा समयानुकूल उक्त सन्धि परिमार्जन, संशोधन वा नयाँ शिराबाट गर्नेलगायत विषयमा बैठकमा छलफल गरिने मन्त्रालयले जानकारी दिएको छ ।

छिमेकी मुलुक भारतसँग दुई तिहाई व्यापार हुने भएकाले स्वदेशी वस्तुको निर्यात कसरी बढाउने भन्ने विषयमा समेत छलफल हुने मन्त्रालयले जनाएको छ । भन्सार विभागका अनुसार गत वर्ष पनि नेपालको सबैभन्दा धेरै व्यापारघाटा भारतसँगै छ । गएको वर्ष नेपालले भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

निर्यात भने जम्मा ६२ अर्ब रुपैयाँको मात्रै भएको छ । छिमेकी मुलुक भारतमा नेपालको आयात र निर्यात दुवै सबैभन्दा धेरै हुने गर्छ । नेपालको धेरै व्यापार भारतसँग रहेको छ । स्वदेशी वस्तुको निर्यातमा बेला बेला समस्या आउने गर्छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा