१० असोज, काठमाडौं । मौसममा बदली कायमै रहेकोले शुक्रबार पनि मुलुकका केही स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभरी आंशिक देखि सामान्य बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । ‘देशका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङ्सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
देशका मध्य तथा पश्चिमी भू भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
हेर्नुस यस्तो छ, मौसमी विवरण :
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल आंशिक देखि सामान्य बदली रहि थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ ।
असोज ०९ गते (बिहिबार)
राती: देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमी भू भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज १० गते (शुक्रबार)
दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमी भू भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज ११ गते (शनिबार)
दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावनाको साथै देशका मध्य तथा पश्चिमी भू भागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। पहाडि भु-भागमा पहिरो जान सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |