१३ माघ २०७९, शुक्रबार
समाज

दशैँमा उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या

प्रकाशित मिति :  १० आश्विन २०७६, शुक्रबार ०९:५९


दशैँमा उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या

१० असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकालाई दशैँमा उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या हुने भएको छ । बाटो निर्माण भइरहेकाले कामपालाई पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या भएको हो ।

दुई सातादेखि नुवाकोटस्थित फोहर विसर्जन गरिँदै आएको स्थान सिसडोल जाने बाटो नागार्जुनमा मर्मतको काम भइरहेकाले फोहर व्यवस्थापनमा समस्या आएको कामपाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
दशैँसम्म बाटो निर्माणको काम जारी रहने भएकाले दशँैमा फोहर व्यवस्थापन गर्न समस्या हुने उनी बताउछन ।

अन्य समयमा भन्दा वर्षात्को समय र चाडबाडमा काठमाडौँ उपत्यकामा फोहर बढी हुन्छ । काम नभएको समयमा थोरैको अनुपातमा फोहर व्यवस्थापन गरिँदै आएको भए पनि नियमित रुपमा फोहर व्यवस्थापन हुन सकेको छैन । “अहिलेदेखि नै फोहर थुप्रिदा दशैँमा थप समस्या हुन्छ”, श्रेष्ठले भने ।

दुई वर्षका लागि फोहर व्यवस्थापन गर्ने भने पनि १३ वर्षदेखि सिसडोलमा फोहर बिसर्जन गरिँदै आएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उक्त स्थानमा बिसर्जन गरिन्छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर सङ्कलन हुँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहर फाल्न प्रयोग गरिँदै आएको छ । ससडोलबाट दुई किलोमिटर टाढाको बञ्चरे डाँडामा सरकारले दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिरहेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा







बिजुलीमा निराजनसँग उपासना
नेपालबहस संवाददाता

इनसेसेन्ट रेन एकेडेमी सुरु
नेपालबहस संवाददाता