पुष्कर कार्कीलाई आइजीपी बनाउने तयारी
नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार १९:४९:५४
१० असोज, काठमाडौं । सत्ता सञ्चालनको हरेक मोर्चामा असफल देखिएको खड्गप्रसाद ओली नेतृत्व सरकार आफ्नो नालायकी लुकाउन प्रहरी प्रशासनलाई राजनीतिकरण गर्ने दाउमा लागेको छ ।
यसका लागि ओली सरकार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्ने कसरत गरिरहेको स्रोतको दावी छ ।खासगरी प्रहरी अतिरिक्त महानिरीक्षक एआजी पुष्कर कार्कीलाई महानिरीक्षक बनाउन ओलीले खनाललाई बर्खास्त गर्न लागेका हुन् ।
भष्टचारमा मुछिएका प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाललाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ। करोडौं रकम आर्थिक अनियमिताको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारी अनुसन्धानलाई तीब्रता दिएसँगै उनलाई बर्खास्त गर्न गृहकार्य सुरु भएको हो। यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको छ।
प्रहरी महानिरीक्षक खनालविरुद्ध अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वटा प्रकरणमा छानबीन गरिरहेको छ
वाम विचारधारामा आस्था राख्ने कार्कीलाई महानिरीक्षक बनाउन खनाललाई हटाउनै पर्ने वाध्यता रहेको छ ।किनभने खनाल र कार्कीको अवकाश एकैपटक हुँदै छ । एकै व्याचका उनीहरु ३० वर्ष अवधि पूरा गरी आगमी वर्ष अवकाश हुँदै छन् ।
कार्कीलाई महानिरीक्षक बनाउन खनाल नै वाधक भएका छन् । सुरुमै खनाललाई महानिरीक्षक नबनाउन ओलीले गृहमन्त्री थापलाई आग्रह गरेका थिए । तर थापाले अडान लिएकाले खनाल महानिरीक्षक बन्न सफल भएका हुन् । तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता भएपछि भने गृहमन्त्री थापा पनि दवावमा परेका छन् ।
पूर्व एमालेहरुले पुष्कर कार्कीलाई जसरी भएपनि महानिरीक्षक बनाउनै पर्ने अड्डी लिएपछि गृहमन्त्री थापा अलमलमा परेका छन् । खनाललाई पदमुक्त गर्न ओलीले अख्तियार अनुसन्धान आयोगलाई सक्रिय बनाएको स्रोतको दावी छ । अख्तियार प्रमुख नबीनकुमार घिमिरेलाई खनालविरुद्ध छानबीन गर्न आदेश दिएपछि अख्तियार सक्रिय भएको छ ।
प्रहरी महानिरीक्षक खनालविरुद्ध अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वटा प्रकरणमा छानबीन गरिरहेको छ । तीन वटै प्रकरणमा खनाल दोषी ठहर हुन सक्ने पर्याप्त प्रमाण भए पनि मुद्धा चलाउन केही समय लाग्ने भएको जानकारी दिइएपछि ओली बर्खास्त गर्ने तयारीमा रहेका छन् । यद्यपि गुहमन्त्री थापा भने अहिले नै वर्खास्त गर्ने पक्षमा छैनन् ।
चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण अघि महानिरीक्षक परिवर्तन गर्दा गलत सन्देश जाने तर्क गृहमन्त्री थापालको रहेको स्रोतको भनाई छ । तर अब खनालको कार्यकाल लामो छैन , कुनै पनि बेला हटाइने सूचिमा परेका छन् – स्रोत बताउँछ ।
पुष्कर कार्कीलाई महानिरीक्षक बनाउन यस्तो खेल खेलिएको भए त्यसले भयङ्कर समस्या निम्त्याउने ठम्याई
आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारेर फायल जफत गरेको छ । ती तीन वटा काण्डमा पहिलो अति विशिष्ठ व्यक्तिहरुको सवारी स्कट्रिङ गर्दा प्रयोग हुने मोटरसाइकलको स्पेसिफिकेसन परिवर्तन गरेको , प्रहरीका लागि आवश्यक मसिनरी सामग्री खरिद गर्दा भ्रष्टाचार गरेको र न्यून गुणस्तरीय बुट खरिदको स्वीकृति दिएको प्रकरण रहेका छन् ।
यी तीनवटै काण्डमा करोडौं भ्रष्टाचार भएको प्रारम्भिक अनुसन्धानले देखाएको दावी अख्तियार स्रोतको रहेको छ ।मूल कुरा ओली सरकार विगतमा वामदेव गौतमले प्रहरी प्रशासनमा राजनीतिक चलखेल गराए जस्तै वातावरण तयार गर्न उद्यत् देखिएको छ – एक पूर्व महानिरीक्षकले भने
दुई तिहाईको सरकारले प्रहरी प्रशासनलाई निकम्मा बनाउने गरी राजनीतिकरण गर्न खोज्नु गलत हो – उनको भनाई छ ।खनालविरुद्ध पूर्व एमालेहरु ज्यादै पूर्वाग्रही भएको बुझाई प्रहरी संगठन भित्र रहेको छ । त्यसैले उनी विरुद्ध योजनावद्ध षडयन्त्र हुन लागेको बुझाई प्रहरी संगठनमै चर्चा हुन थालेको छ ।
ओली सरकारको चाहना विपरित खनालले गत बिम्स्टेक बैठकमा भारतीय सुरक्षा सल्लाहकार अजित डोबलको प्रस्तावमा सहमति जनाएको र निर्मला हत्या प्रकरणमा सरकारलाई सही सूचना नदिएको आरोप प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै लगाउने गरेका छन् ।
साथै, खनाललाई कारबाही गर्न उनले गृहमन्त्री थापलाई पटक पटक सजग गराएका थिए ।प्रधानमन्त्री ओली सुरुदेखि नै खनाललाई जिम्मेवारी दिन इच्छुक थिएनन् । पुष्कर कार्कीलाई महानिरीक्षक बनाउन यस्तो खेल खेलिएको भए त्यसले भयङ्कर समस्या निम्त्याउने ठम्याई ती पूर्व आइजीपीको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार