१३ माघ २०७९, शुक्रबार
बैंकिङ बजार

अबदेखि चौबिसै घण्टा एटीएम बुथमा सुरक्षा गार्ड

प्रकाशित मिति :  १० आश्विन २०७६, शुक्रबार १५:३१


१० असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अबदेखि एटीएम बुथमा अनिवार्य रुपमा सुरक्षा गार्ड राख्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एटीएम बुथमा चौबिसै घण्टा सुरक्षा गार्ड राखी शंकास्पद गतिविधि भए तत्काल सम्बन्धित निकायमा खबर गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केही समय अघि चिनियाँ ह्याकरहरुले एटीएम बुथबाट साढे तीन करोड झिकेपछि राष्ट्र बैंकले सुरक्षा गार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको हो । अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग ३ हजार ३१६ वटा एटीएम बुथ छन् ।

यी मध्ये केही एटीएम बुथ बैंकको कार्यालयमै छन् भने केही बेग्लै छन् । यसले गर्दा सुरक्षामा बैंकको लागत बढ्ने देखिन्छ ।

साथै, संस्थाको प्रणालीमा कुनै किसिमको साइबर आक्रमण, शंकास्पद गतिविधि वा अनधिकृत पहुँच भएमा अविलम्ब सोको जानकारी नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा गराउन आग्रह गरेको छ ।

 

 


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा