राजविराज नगरपालिकामा नियम विपरित खर्च, धनजमानत बिना ठेक्का सम्झौता

नेपालबहस संवाददाता
असोज १०, २०७६ शनिबार १:२४:४५

धीरुभाइ
१० असोज, राजविराज । सप्तरी जिल्लाको सबैभन्दा पुरानो राजविराज नगरपालिकाले ऐन, नियम विपरित खर्च त गरेको नै छ भने धनजमानत बिना नै ठेक्का सम्झौता पनि गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७३/०७४ मा विभिन्न शिर्षकमा अनियमित तरिकाले खर्च गरेको स्थानीय तह लेखापरीक्षण प्रतिवेदन २०७४ मा उल्लेख गरिएको छ । यस नगरपालिकाले प्रशासनिक खर्च स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम ३४ मा ऐनको दफा १२६ को उपदफा ६ मा तोकिएको व्यवस्था भन्दा विपरित खर्च गरेको छ ।
नगरपालिकाले स्वीकृत आन्तरिक आम्दानी रु .एक करोड ६० लाख १७ हजार ६५० को २५ प्रतिशतले रु.४० लाख चार हजार ४१२ मात्र प्रशासनिक खर्च गर्नुपर्नेमा रु. एक करोड ८४ लाख ४२ हजार ६४९ खर्च गरेको छ । ऐन नियमले तोकिएको सीमाभन्दा रु. एक करोड ४४ लाख ३८ हजार २३६ बढी खर्च नियम विपरित गरेको छ ।
त्यस्तै नगरपालिकाले हटिया, सवारी कर, बालुवा गिटृी, ढुंगा, इँटा, माटो आदिको कर, दस्तुर संकलनका लागि विभिन्न व्यक्ति÷फर्मसँग रु. ६८ लाख ८८ हजार ५०१ को ठेक्का सम्झौता आवश्यक जमानत बिना चलान पूर्जी दिएको छ । यसै कारणले ति व्यक्ति÷व्यक्तिहरुबाट रु. १५ लाख ८२ हजार ३४२ असुल गर्न अझै बाँकी रहेको छ ।
त्यस्तै नगरपालिका र नगर विकास कोषको संयुक्त लगानीमा कबल निर्माण गर्न हिमांसु निर्माण सेवासँग मिति २०७२÷१०÷१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी ३६ लाख ६१ हजार १४० को सम्झौता गरेको थियो । सो म्याद भित्र काम सम्पन्न नभएका कारण छ÷छ महिना गरी दुई पटक म्याद थप गरिको थियो । थपिएको दुई पटकको म्यादमा रु ४६ लाख ९९ हजार २७८ रकम निर्माण कम्पनीलाई भुक्तानी गरिसकेको भएपनि काम सम्पन्न भएको छैन भने कारबाहीको लागि कुनै प्रक्रिया थालिएको छैन ।
आयकर ऐन, २०५८ को दफा ८ मा वासिन्दा व्यक्तिले ठेक्का वा करार वापत ५० हजार रुपिंया भन्दा बढी रकम भुक्तानी दिंदा भुक्तानीको कूल रकममा १.५ प्रतिशतका दरले कर कटृी गनुपर्ने व्यवस्थालाई मिचेको छ । नगरपालिकाले उपभोक्ता समिति मार्फत कार्य गराई पेश भएका विभिन्न निर्माण सामग्री आपूर्तिकर्ता फर्महरुका सो सीमाभन्दा बढीका बिल अनुसार उपभोक्ता समितिलाई भुक्तानी गर्दा सो अनुसार कर कटृी गरेको छैन । सो अनुसार विभिन्न २० उपभोक्ता समिति र ५१ आपूर्तिकर्ता फर्महरुबाट अग्रिम कर कट्टी वापत रु. दुई लाख ६२ हजार ३३४ असुल गर्न बाँकी रहेको छ । .
विगतदेखिकै विभिन्न ११ आय ठेक्काको रु.३४ लाख ७९ हजार ६८५ बेरुजु रहेको छ । नगरपालिकाबाट प्राप्त आयव्यय विवरणमा कन्टिन्जेन्सी समेतको कूल खर्च विवरणमा समावेश भइसकेको आधारमा पुनः कन्टीन्जेन्सी दायित्व खर्च भनेर रु. सात लाख ४० हजार ६८७ देखाएको प्रतिवेदनमा उल्लेख छ । उक्त खर्च दोहोरो खर्च हुने गरी आयव्ययमा मात्र समावेश गरेको देखिएकोले यस सम्बन्धमा आवश्यक छानबिन गर्नुपर्ने सुझाएको छ ।
सो सम्बन्धमा राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवले धनजमानत बिना ठेक्का सम्झौता गरिएको व्यक्ति÷फर्मबाट असुली गर्न पटक–पटक पत्रचार गरेको जानकारी दिनुभयो । हामी भन्दा अघिकै वर्षमा यस्तो कार्य भएपनि असुलीको लागि प्रयासरत रहेको उहाँले भन्नुभयो, त्यस्तो व्यक्ति-फर्म उपर कारबाही गर्ने कानूनी आधार नगरपालिकासँग छैन । तथापी हामी प्रयास गरिरहेका छौ । पत्र काट्छौ, धेरै व्यक्ति-फर्म नै भेटिदैन, केही भेटिएपनि अटेर गर्दै आएका छन । विगतमा नगरपालिकाले गरेको गलतीको कारण समस्या आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
असहाय र जेष्ठ नागरिकको अभिभावक बन्दै दमक नगरपालिका
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद समाधान गर्न शेखर कोइराला तयार
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
राजतन्त्र बारे गणतन्त्रवादीले जवाफ दिनुपर्ने प्रश्न
बद्रीनरसिंह के.सी.
मंसिर १५, २०८० शुक्रबार
उस्तै अर्थनीति फरक दल : रास्वपाको उदार अर्थनीति क्रोनिक र दलाल अर्थनीति भन्दा फरक होला ?
मंसिर १६, २०८० शनिबार
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु , बसमा आगो लगाएर प्रदर्शनमा उत्रिए स्थानीय
मंसिर १६, २०८० शनिबार
नेपाल किसान महासंघ नेपाली कांग्रेसको एकमात्र भरोषायुक्त र बलियो संगठन
मंसिर १६, २०८० शनिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
मंसिर १६, २०८० शनिबार
वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
काठमाडौंमा चाँडै पानी ल्याउन मेलम्ची पुगे मन्त्री यादव
मंसिर १६, २०८० शनिबार
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
मंसिर १६, २०८० शनिबार