छापामार शैलीमा एनआईसी एशिया, संचालकहरुको भागाभाग
नेपालबहस संवाददाता
असोज १०, २०७६ शनिबार ५:१५:३८
१० असोज, काठमाडौं । “सोच मात्र होइन शैली पनि बदलौं, प्रवृत्ति पनि बदलौं” भन्ने माग राख्दै “बैंक पनि साथी पनि” भन्ने एनआईसी एशिया बैंक लिमिटेडको २२ औं साधारणसभा छापामार शैलीमा सम्पन्न भएको छ ।
बिहान ९ बजे आर्मी अफिसर क्लब, भद्रकालीमा आयोजित साधारणसभा (एजीएम)मा सर्वसाधारण शेयरधनीहरु नाम रजिष्टर्ड गर्दै लामो लाईनमा उत्साहपूर्वक सहभागी हुँदै गर्दा बैंक संचालक समितिले भने एक घण्टामा नै साधारणसभा सम्पन्न भएको घोषण गरेको छ ।
सामान्य सहकारी वा संघ संस्थाको पनि साधारणसभा छिटोमा तीन घण्टा चल्ने गरेको अनुभव भोगेका शेयरधनीहरुले नाम दर्ताकै क्रममा लाइनमा बस्दै गर्दा साधारणसभा सकिएको घोषणा गरिएपछि आश्चर्यचकित हुँदै होहल्ला गरेका थिए । करिब पौने दशमा सुरु भएको साधारणसभा पौने एघार नहुँदै छापामार शैलीमा सकिएको घोषणा भएको थियो ।
शेयरधनीहरुले लामो लाईनमा धर्यतापूर्वक बसेर नाम दर्ता गर्दै गर्दा वार्षिक प्रतिवेदन समेत सकिएको भन्ने बैंक व्यवस्थापनको ठाडो जवाफले रुष्ट बनेका थिए । दर्तामा बस्ने कर्मचारीहरुको रुखो व्यवहार पनि अधिकांश शेयरधनीलाई अपाच्य भइरहेको थियो ।
एकथरी शेयरधनी भने २ वटा समोसा र एउटा लालमोन खान धैर्यतापूर्वक सर्पको बथानजस्तै गुँडुल्किएर बसेको रमिता हेर्न लायकको थियो । बैंकको उच्च व्यवस्थापन फिल्डमा देखैपरेन भने मारवाडी संचालकहरु कतै शेयरधनीले धेरै समोसा खान्छन् कि भनेर क्याटरिङलाई कानेखुशी गर्दै गरेको रोचक दृश्य पनि सम्झन लायक थियो । करिब ११ः३० बजे तिर संचालकहरु रेनल्ट र भक्सवागेनका एसयुभी गाडीमा हतार–हतार निक्लिएको दृश्यलाई एकजना शेयरधनीले संचालकहरुको भागाभागको अवस्थालाई औंल्याइरहेका थिए ।
तर कस्मेटीक निक्षेप र कर्जा लगानीमा ठुलो भन्ने दावी गरिएको एनआईसी एशिया बैंक लिमिटेड २८ वटा वाणिज्य बैंक मध्येको एक हो । २२ औं वार्षिक साधारण सभा छापामार शैलीमा किन यति हतारमा सकियो भन्ने प्रश्नले अधिकांश शेयरधनी रन्थनिएका छन् । तर बैंकका संचालक र व्यवस्थापनले यस प्रश्नको चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।
गणपुरक संख्या नै नपुगी यसरी सकियाे साधारणसभा
नेपालबहसका प्रतिनिधिका अनुसार संचालक समितिको तर्फबाट अध्यक्ष तुलसीराम अग्रवाललगायत केहीले रोस्टममा उभिएर पशुपतिका ब्राम्हणले शान्तिस्वस्ती गरेझैँ ३० मिनेटमा नै सबै प्रस्तावहरु पढेर सुनाए, उपस्थित केही शेयरधनी हलभित्र पसेर मारवाडी संचालकहरुको योजना मुताबिक ताली बजाएर पास भएको घोषणा गरियो । त्यसपछि मारवाडी संचालक र बैंक व्यवस्थापनले कुलेलम ठोके । यद्यपी बैंकका प्रवक्ता अर्जुनराज खनियाँले भने नौ जना शेयरधनीले साधारण सभामा बोलेको दावी नेपालबहससँग गरेका छन् ।
वास्तवमा भन्ने हो भने त्यस साधारण सभाको गणपुरक संख्या पनि पुगेको थिएन । यसलाई राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिष्टारले गम्भिरतापूर्वक लिनुपर्ने एकजना शेयरधनीले नेपालबहसलाई बताएका छन् ।
सामान्य भन्दा सामान्य सहकारी संस्थाको पनि एजीएम हुँदा संस्थाको बारेमा समग्र चर्चा र बहस हुन्छ । बहस, विरोधका बीच निचोड निस्किन्छ र त्यो नै एजीएमबाट पारित भएर लागू हुने प्रक्रियामा जाने गरेको एजीएमको नियम हो । करिब एक लाख ५० हजार भन्दा धेरै शेयरधनी, ४५ हजार ऋणी र १६ लाख भन्दा बढी निक्षेपकर्ता भएको तथा बैंकको हाल मुलुकभर ३०१ शाखा सञ्जाल, ३६२ एटीएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग रहेको बैंकको एजीएम यति हतारो सकिनु सामान्य विषय होइन ।
अर्को रोचक कुरा त के छ भने आज नै एकै समय २८ वटा वाणिज्य बैंक मध्येको अर्को सिटिजन्स बैंक इन्टरनेशलको पनि एजीएम थियो । दुवै बैंकका एजीएममा नेपालबहस डटकमका प्रतिनिधिहरु समाचार संकलनका लागि एकाबिहानै कार्यस्थलमा खटिएका थिए । एउटा बैंकले छापामार शैलीमा एजीएम सक्यो भने अर्को बैंकले जसोतसो प्रजातान्त्रिक प्रणाली देखाएको हाम्रा प्रतिनिधिहरुले जनाएका छन् ।
डिल्लीबजारको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा आयोजित सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १३ औं वार्षिक साधारण सभा एकै समयमा सुरु भएता पनि करिब ५ घण्टामा मात्र सकिएको थियो ।
एनआईसी एशिया बैंकले मिडियालाई पठाएको विज्ञप्तिमा भने यस्तो कुरा लेखिएको छ । हेर्नुहोस् विज्ञप्तिको सम्पादित अंश :
एनआईसी एशिया बैंकको २२ औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बैंकका संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले रुपैयाँ १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय एक्काईस लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १० प्रतिशतका दरले हुन आउने रुपैयाँ ८८ करोड ३४ लाख २२ हजार ८ सय सत्तरी बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने रुपैयाँ ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ ।
यस बैंकमा डिम्यट खाता हुने शेयरधनीहरुलाई नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको तथा डिम्यट खाता नहुने शेयरधनीहरुले यथाशीघ्र डिम्यट खाताको लागि बैंकको शेयर रजिष्टर्ड एनआईसी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध समेत गरेको छ ।
र याे पनि … गभर्नर साप ! यता हेर्नु पर्दैन ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार