२६ माघ २०७९, बिहीबार
समाचार

इजिप्टले विरोधी नियन्त्रणको शैलीलाई ‘व्यापक परिवर्तन’ गर्नुपर्छ : राष्ट्रसङ्घ

प्रकाशित मिति :  ११ आश्विन २०७६, शनिबार ०६:२२


इजिप्टले विरोधी नियन्त्रणको शैलीलाई ‘व्यापक परिवर्तन’ गर्नुपर्छ : राष्ट्रसङ्घ

११ असोज एजेन्सी । संयुक्त राष्ट्रसङ्घले इजिप्टका अधिकारीहरूलाई ‘उनीहरूको विरोध नियन्त्रणको शैली’ लाई व्यापक परिवर्तन गर्नुपर्ने बताएको छ ।

पछिल्ला केही दिनमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी विरोधी प्रदर्शनमा करिब दुई हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको रिपोर्टहरूपछि शुक्रबार राष्ट्रसङ्घले सरकारलाई उक्त चेतावनी दिएको हो ।

राष्ट्रसङ्घका मानवअधिकार मामिला प्रमुख मिसेल ब्याचलेटले भने, “मैले इजिप्टका अधिकारीहरूलाई शुक्रबार हुने र आगामी विरोधका कार्यक्रमलाई शान्त गर्न फरक नीति अवलम्वन गर्न सचेत गराउन चाहन्छु ।”

शान्तिपूर्ण आन्दोलनमा पक्राउ परी हिरासतमा राखिएका सबैजनालाई मानवअधिकारको अन्तर्राष्ट्रिय कानूनप्रति इमान्दारिता प्रकट गर्दै रिहाइका लागि पनि उहाँले सरकारी पक्षलाई आग्रह गरेका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा