२६ माघ २०७९, बिहीबार
बैंकिङ बजार

गुरु नानक सम्मानमा सिक्का निष्कासन

प्रकाशित मिति :  ११ आश्विन २०७६, शनिबार ०६:३५


११ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले गुरु नानक देवको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले ती सिक्का आज यहाँ आयोजित समारोहमा सार्वजनिक गरे ।

गुरु नानकको सम्मानमा निष्कासन गरिएका सिक्का रु १००, १००० र २५०० मूल्य दरका भएको बैंकका प्रवक्ता लक्ष्मीप्रसाद निरौलाले जानकारी दिए । समारोहमा शिख हेरिटेज अफ नेपाल नामक पुस्तक पनि सार्वजनिक गरियो । सो अवसरमा शिख समुदायबाट नेपालको विकास र समृद्धिमा हुँदै आएको योगदानबारे जानकारी गराइएको थियो ।

सो अवसरमा गभर्नर डा नेपालले शिख समुदायबाट विभिन्न सामाजिक विकासका अतिरिक्त काठमाडौँ उपत्यकाको खानेपानी विस्तार र नेपाल पब्लिक मोटर्स सर्भिस संस्थाका माध्यमबाट यातायात क्षेत्रको विकासमा निकै ठूलो योगदान भएको बताए ।

नेपालका लागि भारतीय राजदूत पुरीले प्रत्येक व्यक्तिले आफूले आर्र्जन गरेको ज्ञान र सीप अरूलाई पनि बाँड्नुपर्छ भन्ने मान्यता राख्ने गुरु नानक सम्पूर्ण मानवजातिकै गुरुको रूपमा रहेको बताए । संसारमै सबैभन्दा बढी पैदलयात्रा गर्ने गुरु नानकले २३ वर्षसम्म उदासी भेषमा रहेर चीन, साउदी, श्रीलङ्का, नेपाललगायतका देशको भ्रमण गरेका थिए ।

काठमाडौँ उपत्यकामा गुरुनानक मठ बालाजु, विष्णुपादुका गुुरु नानक मठ ज्ञानेश्वर, पशुपति गुरु नानक मठ देवपतन, शोभा भगवती गुरु नानक मठ र थापाथली नानक मठ रहेको छ । उपत्यकाममा एक हजार ६०० रोपनीभन्दा बढी जग्गा गुरु नानक सभ्यताको प्रवद्र्धनका लागि तत्कालीन राजाहरूले उपलब्ध गराएको इतिहास छ ।

हालको कुपण्डोलस्थित गुरुद्वारा २०३२ सालतिर बनाइएको हो । नेपालमा शिख समुदायको नेपालजञ्ज, वीरगञ्ज, बुटवल र कृष्णनगरलगायतका क्षेत्रमा बसोबास रहेको छ । सो समुदायले नेपाल र भारतबीच रहँदै आएको सम्बन्ध विस्तारमा योगदान पु¥याउँदै आएका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा