जिम्बावेसँग नेपाल ५ विकेटले पराजित
नेपालबहस संवाददाता
असोज ११, २०७६ शनिबार १२:३५:५
११ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग पराजित भएको छ । शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको हो ।
इन्डियन एसोसियसनको मैदानमा नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य टेष्ट राष्ट्र जिम्बावेले १८ दशमलव १ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएपनि मध्यक्रमका दुई ब्याट्सम्यानले जिम्बावेको जितको यात्रा तय गरे । ६४ रनमा ५ विकेट गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यानले जिम्मेवार भएर ईनिङ्स सम्हालेका थिए ।
रायन वर्लले अविजित ४१ तथा रिचमुण्ड मुतुम्बामीले अविजित ४० रनको ईनिङ्स खेल्दै जिम्बावेलाई जित दिलाए ।नेपालका सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै तीन विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । उनले जिम्बावेका सूरुवाती तीन ब्याट्सम्यानलाई शुन्य रनमा पेभेलियन फर्काएका थिए ।
चार ओभर बलिङ गरेका उनले १५ रन खर्चिएर ३ विकेट झारे । नेपालका पारस खड्काले एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाएका थिए ।
सोमपाल कामीले अविजित २५ रन बनाउदा विनोद भण्डारी ११ रनमा अविजित रहे । यस्तै कप्तान पारस खड्काले १८ तथा सन्दीप जोराले १७ रन बनाए ।जिम्बावेविरुद्धको खेलमा नेपालका दुई खेलाडीले डेब्यु गरे । ईशान पाण्डे र कुशल मल्लले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । ईशान ४ र कुशल २ रनमा आउट भए । आरिफ शेख ८ रनमा आउट भए ।
जिम्बावेका सिन विलियम्सले २ विकेट लिए । यस्तै नेभिले माड्जिभा, विलिङटन मासाकाड्जा, रायन ब्रुल र टेण्डाई चतराले एक एक विकेट लिए । जितसँगै जिम्बावेले पहिलो खेलमा २ अंक जोडेको छ । नेपाल अंकविहिन रहेको छ ।सिरिज अन्तर्गत नेपालले दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार