१३ माघ २०७९, शुक्रबार
समाचार

चिसियो फेरि ओली–प्रचण्ड सम्बन्ध !

प्रकाशित मिति :  १२ आश्विन २०७६, आईतवार ०८:४१


कांग्रेसमा असन्तुष्ट समूहद्वारा छुट्टै भेलाको तयारी

१२ असोज, काठमाडौं । आइतबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विभिन्न फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।

नागरिक दैनिकमा सुदूरपश्चिम प्रदेशको राजधानीबारे निर्णय भएको तर निर्माण कार्य अघि नबढेको विषयमा प्रथम पृष्ठमा समाचार छ । समाचारमा उल्लेख भए अनुसार सुदूरपश्चिम प्रदेशको नामाकरण गरिएको र राजधानी तोकिएको आइतबार १ वर्ष पुगेको छ । तर हालसम्म राजधानीको पूर्वाधारको काम सुरु नै भएको छैन ।

गत वर्ष विपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दागर्दै सत्तापक्षको दुई तिहाइले तेघरी जंगलमा राजधानी बनाउने निर्णय गरेको थियो । संघीय सरकारले प्रदेश सरकारलाई तेघरी जैगलको जग्गाको भोगाधिकार हस्तान्तरण नगरेकाले काम सुरु हुन नसकेको समाचारमा उल्लेख गरिएको छ ।

नागरिक दैनिकमा अपराधको बदलिँदो शैली देखिएको र प्रविधि नै त्यसको मुख्य हतियार भएको अर्को मुख्य प्रमुख समाचार पनि छापिएको छ ।

अन्नपूर्ण पोष्ट् दैनिकमा ‘८ खर्बको दशैं ’ शीर्षकमा मुख्य समाचार छ । समाचारमा लेखिए अनुसार गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो भने यसपटक झन्डै २४ खर्ब पुग्ने अनुमान रहेको छ । गत वर्षको खर्चको आधारमा हेर्ने हो भने यो दशैंमा ८ खर्ब रुपैयाँ सकिँदैछ ।

४० प्रतिशत आफ्नै उत्पादनको प्रयोग हुने भएपनि ६० प्रतिशत नगद नै प्रयोग हुने हुँदा यो दशैंमा ५ खर्ब पैसा नगद प्रवाह हुने देखिएको छ । पत्रिकाले ‘जे छोयो त्यही मंहगो’ शीर्षकमा अर्को प्रमुख समाचार समेत छापेको छ ।

यस्तै कान्तिपुर दैनिकमा सत्तारुढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको समाचार प्रकाशित छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय दिनहुँजसो एक्लाएक्लै छलफल भइरहे पनि जिम्मेवारी बाँडफाँटबरे कुरा मिल्न सकेको छैन । ओली र प्रचण्डले शुक्रबार बिहानसमेत छलफल गरेका थिए । प्रधानमन्त्री ओली स्वाथ्योपचार गराउन दोस्रोपटक सिंगापुर जानुअघि पार्टी एकीकरणका धेरै काम सकिएका थिए ।

‘त्यसरी एकीकरणका काम धमाधम टुंगिनुको कारण अध्यक्षहरुबीच भएको मौखिक समझदारी हो । त्यसलाई पालना गर्न पछिल्लो समय प्रधानमन्त्रीले आनाकानी गरिरहेको समाचार स्रोतले बताएको छ ।

यस्तै आजको कान्तिपुर दैनिकमा नेपाललाई जलमार्ग प्रयोगको बाटो खुल्यो, भारतसँग भयो यस्तो सहमती शिर्षकमा सुरेशराज न्यौपानेले समाचार लेखेका छन् ।

नेपाल–भारत वाणिज्य ‘व्यापार’ सन्धि पुनरावलोकन समितिको वैठकमा जनमार्गको एलओईमा भारत सहमत भएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउनेसम्बन्धी लेटर आफ एक्सचेन्जमा ‘एलओई’मा पनि सहमति जनाएको स्रोतले जनाएको छ ।

नेपाल–भारतबीचको पारवाहन सन्धिमा जलमार्गसम्बन्धी व्यवस्था समावेश नगरिएसम्म नेपाल नेपालले भारतले यसअघि नै सञ्चालनमा ल्याइसकेको उक्त जलमार्ग तेस्रो मुलुक व्यापारका लागि प्रयोग पाइँदैन । उक्त एलओईको मस्यौदा नेपालले यसअघि नै भारतलाई बुझाएको थियो । एलओईमा भारतले सहमति जनाएपछि जनाएपछि नेपालले जलमार्ग प्रयोगको बाटो खुलेको छ ।

कान्तिपुर दैनिकमै ऋषिराम पौड्यालले उपसभामुखहरुको प्रश्न– अधिकारमा किन कन्जुस्याइँ ? शिर्षकमा समाचार लेखेका छन् । संघीय संसद्का दुवै सदन र सातै प्रदेशसभाका उपाध्यक्षरउपसभामुखह अघिल्लो भदौमा राजधानीको चन्द्रागिरिमा भेला भए । सभामुखसहितको भेलामा उनीहरुले छुट्टै बैठकसमेत गरे ।

गत संसिर २९ ३० गते चितवनको सौराहामा सभामुख र उपसभामुखहरुको दोस्रो बैठक भयो । त्यहाँ पनि उपसभामुखहरुले छुट्टै बैठक गरे । गत भदौ ३ गते संघीय संसद्का उपाध्यक्षरउपसभामुख तथा प्रदेशसभाका उपसभामुखले पनि ‘भिडियोे कन्फेरेन्स’ गरे । पछिल्लो पटक गत मंगलबार उनीहरुले राजधानीमा बैठक गरे र आफ्ना भूमिका र गुनासा थप उजागर गरे ।

राष्ट्रियसभा उपाध्यक्ष र प्रतिनिधिसभा तथा सातै प्रदेशसभाका उपसभामुख महिला हुन् । उनीहरुले एक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी चार पटक बैठक गरे ।  ती बैठकमा उनीहरुले घुमाउरो ढंगले आफूहरुलाई लैंगिक आधारमा हेपिएको आशय व्यक्त गरे ।

आफ्नो भूमिकाबारे संविधानमै प्रस्ट हुँदाहुँदै उनीहरुले किन सामूहिक आवाज उठाइरहेका छन् ? उनीहरुले संविधानको प्रावधानविपरित संसद् नियमावली बनाइएका उसन्तुष्टि व्यक्त गर्दै आएका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा







बिजुलीमा निराजनसँग उपासना
नेपालबहस संवाददाता

इनसेसेन्ट रेन एकेडेमी सुरु
नेपालबहस संवाददाता