१२ असोज, काठमाडौं । नेपालीहरुको महान चाडपर्व बडादशैं आजबाट सुरु भएको छ । दशै सुरु भएसंगै सुनको भाउ घट्ने क्रमले निरन्तरता पाएको छ ।
शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेर ७० हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुन पनि प्रतितोला ६०० सय रुपैयाँ नै घटेर ६९ हजार ९०० रुपैयाँमा आइपुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । पछिल्लो समय सुनको मूल्यमा तीब्र उतारचढाव हुने क्रम जारी छ ।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको ८४५ रुपैयाँ पुगेको छ । अहिले चाडपर्वको सिजन हो । चार्डपर्व नजिकिएसँगै सुनको माग बढ्ने गर्छ ।
यसअघि सुनको भाउ भदौ १८ गते हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिआउन्स न्यूनतम १ हजार ४८७।२४ डलरदेखि १ हजार ५०७।२८ डलरसम्म कारोबार भइरहेको छ ।