१३ माघ २०७९, शुक्रबार
समाचार

चीन स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह

प्रकाशित मिति :  १२ आश्विन २०७६, आईतवार १४:५२


चीन स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह

१२ असोज, एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गरेका छन्।

मानार्थ उपाधि प्राप्त गर्नेहरुमा एक जना पूर्व फ्रान्सेली प्रधानमन्त्री समेत रहेका छन् । चीनमा कम्युनिष्ट शासन शुरु भएको ७० वर्ष पुगेको अवसरमा पदक एवं उपाधि प्रदान गरिएको हो । चीनको राजधानी बेइजिङमा मङ्गलबार औपचारिक रुपमा व्यापक सैन्य परेड पनि आयोजना हुनेछ ।

पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताए ।

पुरस्कृत हुनेमा क्यानाडाकी इसाबेल क्रूक एक सय वर्ष नाघेकी मानवशास्त्री छन् । उनी सन् १९१५ मा जन्मीएका थिए । उनी सन् १९४९ मा चीन गणतन्त्र स्थापना हुनुअघि चीनमा बस्छन् । चीनको चेङ्दुमा जन्मनु भएकी इसाबेलले चीनको शिक्षा क्षेत्रको विकासमा विशिष्ट योगदान गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

फ्रान्सका पूर्व प्रधानमन्त्री जाँ–पियरे राफारिनलाई पनि “चीनका पुराना मित्र” का रुपमा सम्मान गरिएको छ । सिन्ह्वाका अनुसार चीन–फ्रान्स मित्रता प्रबद्र्धनमा उनले विशेष सहयोग गरेका थिए ।

यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेहरुमा क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो र थाइल्याण्डका राजकुमार माहा चक्री सिरिनधोन रहेका थिए । समारोहमा कूल ४२ जना पुरस्कृत भएका छन् । तर समारोहमा २९ जना मात्र सहभागी भएका थिए ।

उक्त समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरिएको थियो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता