२६ माघ २०७९, बिहीबार
कृषि

यो वर्षको दशैं निकै महंगो, खसीको मासु केजीकै २ हजार !

प्रकाशित मिति :  १२ आश्विन २०७६, आईतवार १५:२७


भन्सार छली ल्याउँदै गरेको ५४ वटा खसी बरामद

१२ असोज, काठमाडौं । नेपालीहरुको महान् पर्व विजया दशमी यस पटक निकै महंगो हुने भएकाे छ । दशैंमा खसीको मासु खाने सोच बनाएकाहरुलाई मासु किलो २ हजार पुग्ने भएपछि महंगो हुने भएकाे हाे ।

सरकारले गत फागुनदेखि भारतीय खसी-बोका आयात गर्दा क्वारेन्टाइन पास गरेर मात्र आयात गर्नुपर्ने नीति ल्याएपछि यो वर्षको नेपालीको दशैं निकै महंगो हुने देखिएको छ ।  स्वदेशमा नै पर्याप्त मात्रामा खसी-बोका नहुनु र भारतबाट क्वारेन्टाइन पास भएर मात्रै आयात गर्नुपर्ने भएपछि यो दशैंमा खसिको मासु प्रतिकेजी २ हजार रुपैयाँको हाराहारीमा पुग्ने भएको छ ।

स्वदेशमा पर्याप्त मात्रामा खसी बोका उत्पादन नहुनु र भारतबाट पनि आवश्यक मात्रामा नआउनाले यो वर्षको दशैंमा खसीको मासु प्रतिकेजी १५ सयदेखि २ हजार रुपैयाँको हाराहारीमा पुग्नसक्ने अनुमान व्यवसायीको छ । नेपालको ३० प्रतिशत र भारतको ७० प्रतिशत खसी खपत हुने हुँदा एकाएक भारतबाट खसी ल्याउन प्रतिबन्ध लगाउने सरकारको अदुरदर्शी निर्णयको कारण नेपालीको भान्सा मंहगो भएको भएको हो ।

यसरी हेर्दा सरकारले मासुमा आत्मनिर्भर भयौं भनेर आयात रोके पनि कुखुरा, माछा, बंगुरमा आत्मनिर्भर रहेको तर खसी बोकामा नेपाल आत्मनिर्भर नरहेको देखिन्छ । यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने सर्वसाधारणले स्वस्थ मासु खान पाउन भनेर पशु क्वारेन्टाइन मापदण्ड पूरा गरेर मात्रै नेपाल खसी बोका ल्याउन लागेको जनाएको छ ।

विभागका सहायक प्रवक्ता गणेश पोखरेलका अनुसार १० प्रतिशत मात्रै खसी बोका अपुग हुन्छ, त्यो भारतबाट ल्याइने छ ।
उनका अनुसार क्वारेन्टाइन जाँच गरेर खसी-बोका मंगलबारबाट आयात हुन थालेको छ ।

खाद्य संस्थानकि प्रवक्ता शर्मिला सुवेदीका अनुसार दाङ र हेटौडाबाट खसी तथा मुस्ताङबाट च्याङग्रा गरी कुल ३ हजार जति ल्याइने छन् । त्यस्तै, खसी र बोकाको मूल्य निर्धारण नभए पनि ज्यूँदो च्याङग्राको भने प्रतिकेजी ५६० रुपैयाँ निर्धारण गरिएको छ । जुन गत वर्षको भन्दा प्रतिकेजी ३० रुपैयाँले महंगो हो ।

खसी बोकाको मूल्य स्थानीयस्तरमा भने जिल्ला प्राथमिक खरिद समितिले निर्धारण गर्ने गरेको छ । जसको अध्यक्ष जिल्ला प्रशासन अधिकारी हुने गरेका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा