१७ माघ २०७९, मंगलवार
समाज

बालगृहमा अलपत्र १० जना बालबालिकाको उद्धार

प्रकाशित मिति :  १२ आश्विन २०७६, आईतवार २१:३८


बालगृहमा अलपत्र १० जना बालबालिकाको उद्धार

१२ असोज, सिमकोट । भक्तपुरमा रहेको एक बालगृहमा अलपत्र परेका १० बालबालिको उद्धार गरिएको छ । लामो समयदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले ती बालबालिकाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको छ ।

चाँगुनारायण नगरपालिका–९ स्थित ‘सौडोल महिला समाज’ नामक संस्थामा जोखिम अवस्थामा रहेका बालबालिकाको उद्दार गरिएको हिमाली नवीन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बताए ।

उद्धार गरिएकामध्ये दुईलाई काठमाडौँमा आफन्तको जिम्मा लगाइएको र आठ बालबालिकाको आज परिवारसँग मिलन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लामा एक कार्यक्रमको आयोजना गरेर प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराई, सर्केगाड गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद जैसी लगायतका जनप्रतिनिधिको उपस्थितमा ती बालबालिकालाई आफ्न्तको जिम्मा लगाइएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा