१७ माघ २०७९, मंगलवार
समाचार

नेकपाको चियापानमा एक लाख कार्ड बाँडिने

प्रकाशित मिति :  १२ आश्विन २०७६, आईतवार २२:३१


नेकपाका सङ्गठित सदस्य पन्ध्र हजार भन्दा बढी, विभाग उनन्तीस

२ असोज काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ ।

पार्टीले यही असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ ।

चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । गत वर्ष पनि नेकपाले सोही ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा