१३ माघ २०७९, शुक्रबार
समाचार

थाइल्याण्डमा विद्यार्थी बोकेको ट्रक पल्टिँदा १३ को मृत्यु

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार ०६:१०


सडक दुर्घटना

१३ असोज, एजेन्सी ।  थाइल्याण्डमा एउटा ‘पिक–अप ट्रक’ ले सडकको मार्ग परिवर्तन गर्ने क्रममा उक्त ट्रकमा यात्रा गरिरहेका अधिकांश विद्यार्थीसहित कम्तीमा १३ जनाको राजधानी बैंककमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सीसीटीभीमा रेकर्ड भएको दृष्यमा ट्रकले नियन्त्रण गुमाएर लड्ने क्रममा ट्रकको पछाडिको भागबाट केही व्यक्ति सडकमा पछारिन पुगेका देखाइएको छ । प्रहरी अधिकृत सामरान चाइताओले एएफपीलाई बताए, “आइतबार भएको सडक दुर्घटनामा १२ जनाको घटनास्थलमा र एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।”

मृतकमध्ये नौ जना कलेजस्तरका विद्यार्थी रहेका र उनीहरूले स्थानीय एक कम्पनीमा प्राविधिक तालीम लिएर घर फर्कँदै रहेको बुझिएको छ । दुर्घटनामा घाइते भएका अन्य पाँचमध्ये दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको सामरानले बताए ।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार थाइल्याण्डमा हरेक एक लाख व्यक्तिमध्ये ३२ जनाको सडक दुर्घटनाका कारण मृत्यु हुने गरेको छ । यो अमेरिकाको तुलनामा दोब्बरभन्दा बढी हो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा







बिजुलीमा निराजनसँग उपासना
नेपालबहस संवाददाता

इनसेसेन्ट रेन एकेडेमी सुरु
नेपालबहस संवाददाता