१७ माघ २०७९, मंगलवार
गीत / संगीत

विवेक चौलागाईको फौजी जागीर [भिडियो सहित]

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार ०८:३२


विवेक चौलागाईको फौजी जागीर [भिडियो सहित]

१३ असोज, काठमाडौं । राष्ट्रसेवक कर्मचारी फौजीको कथा वस्तुलाई समेटेर शुभ विजया दशमिको उपलक्ष्यमा डि.ए.आर मुभिजले विवेक चौलागाईको लोक दोहोरी गीत ‘फौजी जागीर’ आम दर्शक तथा स्रोता माझ ल्याएको छ ।

प्रभावन जे. को शब्द तथा संगीत रहेको गीतमा प्रभावन जे, विवेक चौलागाई, गीतादेवी र जिवन बडुको स्वर रहेको छ । बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको गीतमा एरेन्ज तथा मिक्सिङ जिवन बडुले गरेका छन् ।

प्रभावन जे. को निर्देशन रहेको म्युजिक भिडियोमा रामशरण जंगम, प्रल्हाद खरेल, सुर्दशन सिग्देल, हेरुका लामा, सरिता राजउपाध्याय, आभा नेपाल, सुष्मा ढकाल, बद्रि दंगाल र गोकुल चौलागाईले अभिनय गरेका छन् ।

सम्पादन तथा सहायक निर्देशन नविन भट्ट, छायाँकन-ड्रोन रोनिश तामाङ, आर्ट राजाराम गौतम, मेकअप शर्मिला सुनवार, व्यवस्थापन कृष्ण गौतम र गोकुल दंगालको रहेको छ । केहि समय अगाडि चरि मैना बजारमा ल्याएका विवेक चौलागाईको यो पाँचौ गीत हो ।

गीतको भिडियो तलको लिंकमा रहेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा