खुशि लिएर घरघरमा आयो दशैँ !
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार १४:३६:३
१३ असोज, काठमाडौं । गायक लोक पौडेल र गायिका टिका प्रसाईंको स्वरमा रहेको ‘दशैं आयो’ बोलको गीतको भिडियो सार्वजनकि भएको छ ।
भक्तपुरको सल्लाघारीमा छायांकन गरिएको भिडियोमा रिमा विश्वकर्मा र दिक्पाल कार्की फिचर्ड छन् । गीतमा हरि उप्रेतीको शब्द तथा विकास चौधरीको संगीत छ । भिडियो गायिका प्रसाईंकै निजी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
डान्सिङ नम्बरको गीतको भिडियो निकै आकर्षक लाग्छ । नेपाली मौलिक भेषभुषामा सजिएका रिमा र दिक्पाल पनि निकै राम्रा देखिएका छन् ।
उषा मलाहाले निर्देशन गरेको भिडियोमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र निशान घिमिरेको सम्पादन छ । निर्देशक मलाहाका अनुसार गीतको भिडियोलाई फिल्मी शैलीमा तयार पारिएको छ ।
अमेरिकामा बस्दै आएका गायक पौडेल झन्डै एक दशकदेखि नेपाली संगीतमा सक्रिय छन् । उनले हालसम्म दुई एल्बम बजारमा ल्याइसकेका छन् भने दर्जन बढी कलेक्सन एल्बममा आफ्नो स्वर दिइसकेका छन् ।
गायक लोकले दशैंको मौकामा धेरै गीत बजारमा आइरहेकाले अलिक फरक किसिमको गीत दिनका लागि ‘आयो दशैं’ तयार पारिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित
बैशाख ११, २०८१ मंगलबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार