२६ माघ २०७९, बिहीबार
समाज

घुम्ती शिविर मार्फत वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार १०:२२


घुम्ती शिविर मार्फत वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण

१३ असोज पाल्पा । रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी उनीहरुको स्वास्थ्य परीक्षणपछि परिचयपत्र प्रदान गर्न योग्यलाई मात्र परिचयपत्र वितरण गरिएको हो ।

जिल्ला अस्पतालका चिकित्सकको सिफारिसमा मात्र गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रचलन छ । अघिल्लो आव २०७५/०७६ मा परिचयपत्रका लागि सिफारिस भएका २६३ जनालाई परिचयपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए।

उनीहरुले सोही परिचयपत्रका आधारमा सामाजिक सुरक्षाभत्ता समेत पाउने छन् । रिब्दीकोट गाउँपालिका १ नम्बर वडामा ५१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । रातोकार्ड पाउनेमा १२ जना, नीलो कार्ड १९ जना, पहेँलो कार्ड ११ र सेतो कार्ड पाउनेमा नौ जना छन् ।

त्यसैगरी वडा नम्बर २ मा ३० जनाले अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । जसमध्ये रातोकार्ड नौ जना, नीलो आठ जना, पहेँलो सात जना र सेता कार्ड छ जनाले पाएका छन् । रिब्दीकोट गाउँपालिकाको ३ नम्बर वडामा दुई जनाले रातो कार्ड प्राप्त गरेका छन् । नीलो १४ जनालाई पाँच पहँेलो र सेतो पाँच जना गरी २६ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् ।

रिब्दीकोट गापा ६ नम्बर वडामा तीन जना रातो, पाँच जनालाई नीलो, नौ जनालाई पहँेलो आठ जनालाई सेता गरी २५ जना, वडा नम्बर ७ मा रातो चार जना, नीलो १८ जना, पहेँलो ११ जना, सेतो कार्ड आठ जना गरी ४१ जना अपाङ्गता भएका व्यक्ति भेटेर परिचयपत्र वितरण गरिएको हो ।

त्यसैगरी वडा नम्बर ८ मा रातो कार्ड सात जना, नीलो १० जना, पहँेलो सात जना र सेतो पाँच जनालाई गरी २९ जनालाई गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताए । जिल्ला सदरमुकाम तानसेनसँग जोडिएको गाउँपालिकामा अपाङ्गताको सङ्ख्या बढ्दै छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा