अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर

नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार १७:२९:१८

१३ असोज, गाईघाट । चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दशैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ ।
बिहीबारदेखि निरन्तर वर्षा भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको मुर्कुची, लिम्चुङबुङ माझखर्क जोड्ने सडक अवरुद्ध भएकाले यातायात सेवासमेत सुचारु हुन नसक्दा दशैँ नजिक आउँदै गर्दा जनजीवन कष्टपूर्ण बन्न पुगेको लिम्चुङबुङ गाउँपालिका बासबोटेका लोकबहादुर राईले बताए ।
गत असारको अन्तिम हप्ता आएको भीषण वर्षाले भत्काएको मुर्कुची लिम्चुङबुङ सडकखण्ड बन्द भएको एक महीनापछि बल्ल भदौको पहिलो हप्ताबाट सुचारु भए पनि पुनः वर्षाका कारण बन्द हुन पुगेको लिम्चङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिलाकुमारी राई बताए ।
सडक अवरुद्ध भएर यातायात बन्द हुन पुगेपछि दशैँका लागि आवश्यक पर्ने खाद्यान्न, दैनिक उपभोग्य वस्तुको अभाव शुरु भएको पनि सो गाउँपालिकाका जनप्रतिनिधि बताउँछन् । दशैँको बेला आवश्यक पर्ने चामल, चिनी, तेल, लत्ताकपडादेखि अन्य उपभोग्य वस्तु खरीद गर्ने बेलामा पुनः सडक अवरुद्ध भएपछि यस क्षेत्रको जनजीवन पुनः कष्टकर बन्न थालेको सो गाउँपालिका–४ बलाम्ताका डिकबहादुर राई बताउछन् ।
राईका अनुसार अहिले सडक अवरुद्ध हुन पुगेपछि लिम्चुङबुङ गाउँपालिकाको माझखर्क, बराह, बासबोटे, ताम्लिछा, बलाम्ता, लाकु, जाँतेलगायतका गाउँको जनजीवन कष्टकर बन्न पुगेको हो ।
साउन महीनामा सडक अवरुद्ध हुँदा खाद्यान्नको अभावका कारण प्रदेश नम्बर १ सरकारको सहयोगमा हेलिबाट ५१ क्विन्टल चामल दाल, तेलसहितका उपभोग्य वस्तु ढुवानी गरेर यस क्षेत्रको जनताको तत्काल खाद्यान्नको समस्या समाधान भएको थियो ।
भदौको पहिलो हप्ताबाट सडक सुचारु भएर यातायातका साधन सञ्चालनमा आएसँगै जनजीवन सामान्य बन्दै गएपछि फेरि दशैँ नजिक आएसँगै आएको वर्षाको कारण सडक अवरुद्ध भएको हो । स्थानीय जगतबहादुर बुढाथोकी भन्छन्, “बल्ल दशैँको समयमा चामल, तेल, मसला र नानीहरुका लागि लत्ताकपडासहितका दैनिक उपभोग्य वस्तु किन्नुपर्ने बेला सडक अवरुद्ध हुन पुग्यो, यसपटकको दशैँ पुनः खाद्यान्न सङ्कटको अभावमा बित्ने अवस्था आएको जस्तो छ ।”
गाउँपालिकाका जनप्रतिनिधि भन्छन्, “अस्ति असारको वर्षाले सडक भत्काएर खाद्यान्न अभाव भयो, प्रदेश सरकारले हेलिकप्टरबाट चामल ढुवानी गरेर सहयोग गरेपछि जनताले राहत पाए, अवरुद्ध सडक रु ५० लाखभन्दा बढी खर्च गरेर खुलायौँ र जनजीवन बल्ल सहज भएको बेला फेरि वर्षाले भत्किएर अवरुद्ध भयो, अब दशैँले छोपिसक्यो, सडक अवरुद्ध हटाउन पनि दशैँअघि नसकिने अवस्था छ, जनतालाई खाद्यान्नको पनि आवश्क छ, फेरि समस्यामा परेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअसन्तुलित बजार: नेपालमा उत्पादन अनुसार किनेर खाइदिने जनसंख्या भएन, सरकार हेर्दैन
मंसिर १४, २०८० बिहिबार
समग्रमा आयात घट्दा कम देखियो व्यापार घाटाः ५ खर्ब १२ अर्बको आयात, ५० अर्ब ५६ करोडको निर्यात
मंसिर ८, २०८० शुक्रबार
असहाय र जेष्ठ नागरिकको अभिभावक बन्दै दमक नगरपालिका
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद समाधान गर्न शेखर कोइराला तयार
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
राजतन्त्र बारे गणतन्त्रवादीले जवाफ दिनुपर्ने प्रश्न
बद्रीनरसिंह के.सी.
मंसिर १५, २०८० शुक्रबार
उस्तै अर्थनीति फरक दल : रास्वपाको उदार अर्थनीति क्रोनिक र दलाल अर्थनीति भन्दा फरक होला ?
मंसिर १६, २०८० शनिबार
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु , बसमा आगो लगाएर प्रदर्शनमा उत्रिए स्थानीय
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
मंसिर १६, २०८० शनिबार
वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
काठमाडौंमा चाँडै पानी ल्याउन मेलम्ची पुगे मन्त्री यादव
मंसिर १६, २०८० शनिबार
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
मंसिर १६, २०८० शनिबार