२६ माघ २०७९, बिहीबार
समाचार

जागरण अभियानले कार्यकर्तामा ऊर्जा : नेता कोइराला

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार १२:५९


डा शेखर कोइराला

१३ असोज चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जागरण अभियानले कांग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताएका छन् ।

पत्रकारहरुसँग सोमबार कुराकानी गर्दै उनले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पु¥याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताए ।

महाधिवेशन नभई कांग्रेसमा ऊर्जा नथपिने उनको भनाइ थियो । उनले भने, “महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने कांग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ ।” कांग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताउँदै उनले थपे, “सडक र सदन तताउनुपर्छ । सडक तताउनका लागि नेवि  सङ्घ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ जस्ता भ्रातृ संस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक छ ।”

नेतृत्वको कमजोरीका कारण कांग्रेस समस्यामा पर्न नहुने उनको भनाइ थियो । उनले भने, “समयमा नै नेतृत्व चयन गरौँ । अब कांग्रेस तदर्थवादमा चल्न सक्दैन ।”

जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केही गर्न नपाउने पञ्चायतकालमा पनि नभएको भन्दै उनले त्यस्तो प्रवृत्तिको आलोचना गरे । “ विचार र वोल्न नपाउने पञ्चायकालमा पनि नभएको प्रवृत्ति विरुद्ध आवाज उठाउन जरुरी छ”, नेता कोइरालाले भने ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा