१३ माघ २०७९, शुक्रबार
समाचार

इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार १३:५७


इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण

१३ असोज एजेन्सी । भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ । विमानमा करिब २०० जना यात्रु सवार थिए ।

इन्डिगोको ६ई–३३६ विमान गोवाबाट उड्नासाथ पाइलटले इन्जिनमा समस्या आएको पत्ता लगाएका थिए । पाइलटले तत्कालै उक्त जहाज गोवाकै डाबोलिम विमानस्थलमा फर्काएर आकस्मिक रुपमा सकुसल अवतरण गराएका थिए ।

इन्डिगोका तर्फबाट जारी गरिएको वक्तव्यमा पाइलटले इन्जिनमा समस्या देखिएपछि तत्कालै गोवा विमानस्थलमा विमान अवतरण गराएका र विमानको जाँच शुरु गरिएको उल्लेख छ । वक्तव्यमा सबै यात्रुलाई अर्को विमानमा राखेर गन्तव्यतर्फ पठाइएको पनि जनाइएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








बिजुलीमा निराजनसँग उपासना
नेपालबहस संवाददाता