१३ माघ २०७९, शुक्रबार
सम्पादकीय

ओलीको फाँसीवादी चरित्र र अरिंगालको आक्रमण

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार १६:२८


ओलीको फाँसीवादी चरित्र र अरिंगालको आक्रमण

सम्पादकीय

१३ असोज,काठमाडौं । देशमा कम्युनिष्ट नेतृत्वमा निर्मित अजंगको सरकार छ । संसद्मा उसको आकार बडेमानको छ , दुईतिहाई नै समर्थन छ । तर जनजीविकाको सवालमा भने प्रभावशून्य । दशैं तिहारको मुखमा उपभोक्ताले कहिल्यै नपाउने भुक्तमान खेप्नु परेको छ ।

जता हे¥यो अभाव र विकृत्ति छ । खुलेआम भ्रष्टाचार छ । मन परेकालाई क्याबिनेटबाटै निर्णय गराएर धनराशी बाँडिएको छ । उल्फाको धन फुपुको श्राद्ध जस्तो बनाइएको छ सत्ता । अर्कातिर सर्वसाधारण भने पुर्परोमा हात राखेर बस्न बाध्य छन् । बजार भाउ चरमचुलीमा छ । गृहणीको ओठतालु सुकेको छ । हजारको नोट लिएर जाँदा एक झोला तरकारी आउँदैन । तीन सय गुनाले महंगी बढेको छ । तर खड्गप्रसाद ओली सरकारलाई यतातिर कुनै चासो छैन । छ त केवल विरोधीको नली खुट्टा भाँच्ने आदेश दिने । ओली मात्र होइन, अर्का अध्यक्ष भनि खाएका पुष्पकमल दाहाल प्रचण्ड पनि विरोधीको प्रतिकार गर्न फरमान जारी गर्न बुर्लुक्क उफ्रँदै छन् । यसमा त उनी पहिल्यैदेखि पारंगत हुन् ।

कथित जनयुद्धका बेला विरोधीको जीउ ज्यान लिनु उनका लागि सामान्य थियो । त्यो बानी अहिले पनि गएको छैन । त्यसैले बेला बेला भन्ने गर्छन् – हाम्रा विरोधी सबै प्रतिगमनकारी हुन् , तिनका विरुद्ध बघिनी जसरी जाई लागौं । अर्कातिर ओली काम्रेड त विरोधीसँग अरिंगाल जस्तै धुरिएर आक्रमण गर्न आदेश नै दिइसकेका पात्र हुन् । अनि अरिंगाललाई पनि के खोज्छस् कानो , आँखा भने जस्तो हुने नै भो ।

अब प्रश्न उठ्छ – नेपाल कम्युनिष्ट पार्टीले यो देशमा कस्तो राजनीतिक संस्कार स्थापना गर्न लागेको हो ? यही शैलीमा अघि बढ्ने उसको सोच हो भने नागरिक प्रतिकारका लागि अब हतियार बोकेर सडकमा ओर्लनुको विकल्प रहने छैन । ओली प्रचण्डका भिजिलान्तेविरुद्ध प्रतिकारमा ओर्लन अन्य पार्टीले पनि कार्यकर्तालाई आह्वान गर्ने अवस्था आयो भने कस्तो होला ?

ओली सरकार सत्तामा आएपछि विरोधी विचार लगभग बर्जित गर्न खोजिएको छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै विरोध गर्न पाउने अभिव्यक्ति स्वतन्त्रतता हो । तर ओली सरकार प्रारम्भदेखि नै नागरिकको बोल्न र लेख्न पाउने हक कुण्ठित बनाउन उद्यत् छ । सरकार निकम्मा भयो भनेर खबरदारी गर्न नपाउने खालका नियम कानून नै बनाउन लागेको ओली सरकार सर्वत्र विरोध भएपछि हच्किएको छ । तर नियत उस्तै छ । विरोधी पत्रकारलाई निमिट्यान्न पार्न यस्ता कानून तर्जुमा गर्न लागिएको हो । तत्काल पत्रकार विरुद्ध कानून बनाउन नसक्ने भएपछि विरोधी स्वर तह लगाउन फाँसीवादी शैली अपनाउन सुरु भएको छ ।

गएको शनिबार चितवनको भरतपुरमा भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा चिनिएका ज्ञानेन्द्र शाहीलाई ओली प्रचण्डका अरिंगालले माइक्रो बसमै पसेर भकुरे । प्रहरी प्रशासन मौन थियो । उल्टो प्रशासनलाई जानकारी नदिई आएकाले आक्रमण भएको भएको गैर जिम्मेवार जवाफ प्रहरीको रह्यो । नियम कानूनले बन्देज लगाउन नसक्ने भएपछि भौतिक आक्रमणमा नै उतारेको छ ओली सरकारले भिजिलान्तेहरु ।

यो क्रम यतिमै सीमित देखिएन । हिजो मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एकजना जिम्मेवार नेता, पूर्वमन्त्री समेत रहेका डा. मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास गरियो । तनहुँमा एउटा औपचारिक कार्यक्रममा डा. रिजालमाथि ओलीका अरिंगाल खनिएका थिए । यसबाट ओली सरकारको फाँसीवादी चरित्र उदांगो भएको छ ।

विचार नमिल्नेहरुलाई भौतिक रुपमै आक्रमण गर्न उक्साउने ओली प्रचण्ड शैली आफैंमा खेदजनक छ । विरोधीमाथि आक्रमणको क्रम गत महिना बाँकेमा कांग्रेस जिल्ला सभापतिको हात भाँचेर प्रारम्भ भएको हो । ती अपराधीको संरक्षण स्वयं ओली प्रचण्डको संयन्त्रले गरिरहेको छ । नेकपाका शीर्ष नेताकै यो असहिष्णु चरित्रले देश नयाँ मुठभेडमा प्रवेश गर्ने वातावरण तयार भइरहेको छ ।

अब प्रश्न उठ्छ – नेपाल कम्युनिष्ट पार्टीले यो देशमा कस्तो राजनीतिक संस्कार स्थापना गर्न लागेको हो ? यही शैलीमा अघि बढ्ने उसको सोच हो भने नागरिक प्रतिकारका लागि अब हतियार बोकेर सडकमा ओर्लनुको विकल्प रहने छैन । ओली प्रचण्डका भिजिलान्तेविरुद्ध प्रतिकारमा ओर्लन अन्य पार्टीले पनि कार्यकर्तालाई आह्वान गर्ने अवस्था आयो भने कस्तो होला ?

ओली प्रचण्डको यही शैली र व्यावहार रहने हो भने मुलुक नसोचेको मुठभेडमा प्रवेश गर्ने छ । दुई तिहाईको दम्भले मात्तिएको ओली प्रवृत्तिले नराम्रो परिस्थितिको सामना गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । कस्ता कस्ता शक्ति भएकाहरुले समेत जनताको आक्रोश सामु घुँडा टेकेको इतिहास धेरै पुरानो भइसकेको छैन । विचार नमिल्नेहरुलाई भौतिक रुपमै आक्रमण गर्न उक्साउने ओली प्रचण्ड शैली आफैंमा खेदजनक छ । विरोधीमाथि आक्रमणको क्रम गत महिना बाँकेमा कांग्रेस जिल्ला सभापतिको हात भाँचेर प्रारम्भ भएको हो । ती अपराधीको संरक्षण स्वयं ओली प्रचण्डको संयन्त्रले गरिरहेको छ । नेकपाका शीर्ष नेताकै यो असहिष्णु चरित्रले देश नयाँ मुठभेडमा प्रवेश गर्ने वातावरण तयार भइरहेको छ ।

जनताले गरेको विश्वासलाई ओली सरकारले निरंकुश बन्ने लाइसेन्स दिएको अर्थमा बुझेको छ । दुईतिहाई समर्थन भनेको जीवनपर्यन्त शासन गर्ने लाइसेन्स हो भन्ने बुझाई ओलीमा विकास भएको देखिन्छ । त्यसैले उनी विपक्षीलाई त भुसुना बराबर पनि गन्दैनन् । एउटै पार्टीमा भएपनि मन नपर्नेको उनी शुभकामनासमेत ग्रहण गर्न रुची देखाउँदैनन् । ओलीमा बढेको यो अहंकारले देशमा पञ्चायतीकालको स्मरण गराइ दिएको छ । पञ्चायतमा समेत विरोधीलाई यत्तिको ज्यादति गर्न शासक हच्कन्थे । लोकतन्त्रको मौलिक पक्षका रुपमा रहेको अभिव्यक्ति स्वतन्त्रता नै निमिट्यान्न पार्ने ओली प्रचण्डको यो चालाले देशलाई नयाँ भुमरीमा फसाउँदै छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा