२६ माघ २०७९, बिहीबार
समाचार

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्यो : सभापति देउवा

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार १८:२०


एमसीसी अनुमोदन हुनुपर्छ : कांग्रेस सभापति देउवा

१३ असोज काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं ३ समितिले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गरे ।

सभापति देउवाले रेडियो नेपालको दिपायल कार्यालयमा कामबाट हटाईएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न माग समेत गरे । फरक प्रसङ्गमा उनले नेपालका आदिवासी÷जनजातिमध्ये मगर समुदायको जनसङ्ख्या सबैभन्दा बढी भएकाले सोही अनुसार कांग्रेसले प्राथमिकतामा राखेको बताए ।

उनले कांग्रेसलाई बलियो बनाउनका लागी जनताकै घरदैलोमा जानुपर्ने बताए । कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले संविधानले अङ्गिकार गरेका बहुलवाद, बहुदलीय लोकतन्त्रलगायतका मूलभूत व्यवस्थामाथि सरकारबाटै खतरा देखिएको आरोप लगाएका छन् ।

यस्तै कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ठूलो सङ्घर्षले ल्याएको संविधानको वर्तमान सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश र स्थानीय तहलाई बजेट नदिएको जिकिर गरे । कार्यक्रममा नेताहरुले लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस सुदृढिकरण र एक ढिक्का हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


मिलन नेवारको आँखा झिमीझिमी
नेपालबहस संवाददाता