१७ माघ २०७९, मंगलवार

कृषि मन्त्री खनाल भन्छन्, दशैंमा मासुको कुनै अभाव हुँदैन !

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार १८:२७


कृषि मन्त्री खनाल भन्छन्, दशैंमा मासुको कुनै अभाव हुँदैन !

१३ असोज काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले दशैंमा मासुको कुनै अभाव नहुने आश्वस्त पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले दशैंमा देशभरि कतैपनि मासुको अभाव नहुने स्पष्ट पारेका हुन् ।

चाडपर्व सुरु भएसँगै आपुर्तिमा असहजता भएको, व्यापारीको मनोमानी बढेको भन्ने गुनासो आएकोले कृषि मन्त्रालय र आपुर्ति मन्त्रालयले संयुक्त अनुगमन सुरु गरेको उनले जानकारी दिए ।  खनालले मासुमा नेपाल आत्मनिर्भर हुने अवस्थामा रहेको भन्दै उनले आगामी तीन वर्षभित्र नेपाल खसी, बोकामा पनि आत्मनिर्भर हुने दाबी पनि गरे ।

उनले आफूहरुले बजार अनुगमनको कामलाई तिव्रताका साथ अघि बढाईएको सुनाउँदै केही मिठाई पसलले गुणस्तरहीन सामान बेच्ने गरेकोले गुणस्तरीयता कायम गर्न कडा निर्देशन दिएको पनि खनालले स्पष्ट पारे । सोही कार्यक्रममा बोल्दै मन्त्री खनालले बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने बताए ।

उनले भारत सरकारले प्याज निर्यात नगर्ने भनेर निर्णय गरेको भनेर बाहिर हल्ला भएपनि आधिकारिक रुपमा आफूहरुलाई यसबारेमा जानकारी नभएको जानकारी दिए । त्यस्तै, दूध, दही र घ्युको पनि पर्याप्त व्यवस्था गरिएको सुनाए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता