१७ माघ २०७९, मंगलवार
समाचार

सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्धारा सम्मान

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार २०:११


सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्धारा सम्मान

१२ असोज,काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

यसै अनुरुप भक्तपुरस्थित मानव सेवा आश्रमको १६ औं आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान ग्रहण गरेका थिए ।

समाजको सकारात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानव सेवा आश्रमले पु¥याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्वभरी आफ्नो रेमिट एजेन्ट्हरुबाट सात हजार भन्दा बढी नेपालको एजेन्ट्हरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेस ग्रुप अन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी, टे«िडङ्ग, म्यानेजमेन्ट लगायत थुप्रै कम्पनीहरु आबद्ध छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता