२६ माघ २०७९, बिहीबार
नेपाल प्रहरी

सम्माननीय सभामुख महरामाथि नै बलात्कारको आरोप, प्रहरी छानविनमा अनिच्छुक !

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार २१:५८


महराको मुद्दाको फैसला भोलि

१३ असोज काठमाडौं । देशकै कानुन बनाउने निकायका प्रमुखमाथि बलात्कारको गम्भीर आरोप लागेको छ । प्रतिनिधिसभाका सम्माननीय सभामुख कृष्णबहादुर महरामाथि संसदकै एक महिला कर्मचारीले बलात्कारको गम्भीर आरोप लगाएकी हुन् ।

कंचनपुरकी १३ बर्षिय बालिका निर्मला पन्त लगायत देशैभरी दर्जनौं बलात्कारका घटना घटिरहेका बेला राजधानीमै त्यो पनि सम्माननीय पदमा आसिन व्यक्तिमाथि बलात्कारको गम्भीर आरोप लागेको हो । आइतबार साँझ आफ्नो कोठामा आएर सभामुख महराले रक्सीले मातिएर आफूमाथि अभद्र र अश्लील हर्कत मच्चाएको ती महिलाले आरोप लगाएको प्रकाशित भएपछि यतिबेला अहिले जताततै यो विषय भाइरल भएको छ ।

हाम्रा कुरा डटकमका संस्थापक प्रधान सम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा सोमबार दिउँसो एउटा स्टाटस लेख्दै एकजना सम्माननीयको हर्कत हाम्राकुरामा पर्दाफास गर्दैछौं। केहिबेर प्रतिक्षा गर्नुहोस भनेर पोष्ट समेत गरेका थिए । यस लगतै हाम्रा कुरामा सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप र पिडितको घरमा गएको महराद्वारा स्वीकार शिर्षकमा समाचार प्रकाशित भए लगतै यो समाचार भाइरल भएको हो ।

 उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ कोठामा आएर यस्तो हर्कत गरेको आरोप लगाएकी हुन् । तर सभामुख महराले संचारमाध्यामसँग् कुरा गर्दै आफूमाथि रिस पोख्न यौन दुर्व्यवहारको आरोप लगाइएको बताएका छन् । सभामुख महराले भने, ‘उनले समायोजनको रिस पोखेको हो, उनले भनेजस्तो होइन ।’ भनेका छन् ।

यता घटना भए लगतै तीनकुनेबाट प्रहरीको टोली घटनास्थलमा गएर घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएको व्यक्ति नआएको बताएको छ। उजुरी दिन पिडित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको प्रहरी परिसर बानेश्वरले जनाएको छ । यो घटनामा प्रहरी छानबिन गर्न अनिच्छुक भएको देखिन्छ ।

समाचार उल्लेख भए अनुसार मदिराले मातेर कुटपिट गरी आफूलाई सभामुखले जर्बजस्ती गरेको पिडित महिलाको आरोप छ। महराको पिटाइबाट शरीरमा निलडाम समेत लागेको उनले समाचारमा उल्लेख गरेकी छिन् । सभामुखमाथि यौन दुराचारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोल्पा स्थायी ठेगाना भएकी हुन् । र सभामुखको पनि स्थायी ठेगाना रोल्पा नै हो ।

सभामुख महराले आफूमाथिको आरोप निराधार भएको बताए । सभामुख महराको सचिवालयले भने सबै झुटो रहेको दाबी गरेको छ । यता महराको औपचारिक प्रतिक्रिया केहीबेरमा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

सम्माननीय महरामाथि नै बलात्कारको आरोप समाचारकाे पूर्णपाठ यस्तो छ, पढ्नुस :

संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आमनागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन्। महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका छन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन) लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेका हुन् ।

मदिराले लठ्ठ भएर स्नेहाको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए । मदिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु बदाम समेत लगेका थिए । आफ्नो घरमा श्रीमान नभएको र श्रीमान नभएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन् । बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी करणी गर्ने मनसायले स्नेहाको डेरामा पुगेको उनले त्यहाँ गरेको हर्कतले समेत पुष्टी भएको छ।

सामुदायिक मार्गमा गाडी रोकाई त्यही सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएका थिए। पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनले आदरले सर भन्ने गर्थिन। जवर्जस्ती भएपछि पहिलो पटक कुरा गर्दै स्नेहाले भनिन, ुढोकाबाट प्रवेश गर्नेवित्तिकै महरा सर मेरो वेडरुममै प्रवेश गर्नुभयो । दुईवटा खाट भएको बेडरुममा ठूलो खाटमा उनी बसे । उनले आफूसँग ल्याएको रक्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट ल्याउन अह्राए ।

पहिले नै रक्सी खाएर आएका महरालाई उनले रक्सी नखान आग्रह गरिन । स्नेहा भन्छिन, ुतर उनले मानेनन् । कतिपय चाडपर्व र पार्टी विशेषमा सोसल ड्रिङकको रुपमा वाइन कहिलेकाही पिए पनि हार्ड ड्रिङक आफूले नलिने गरेको उनले बताइन । उनले त्यसो भन्न नपाउँदै आज दशैं मनाउने हो भन्दै महराले उनलाई पिउन दवाव दिए ।

सभामुखको दवाव झेल्न नसकेपछि दुईवटा ग्लास लिएर साथ दिन बसेकी स्नेहालाई महराले फेरि भने, किन दुईवटा ग्लास ल्याएको । आउ एउटैमा पिउँ । स्नेहाले एउटै गिलासमा रक्सी खायो भने कडा लाग्छ भन्ने सुनेको उल्लेख गर्दै त्यसो गर्न नमानेको बताइन । त्यसपछि महराले रक्सी सर्भ गर्न भनेपछि उनले दुईवटा ग्लासमा राखेको मध्ये एउटा उनलाई दिइन । एउटा ग्लासको बाध्य भएर मुखमा टसाइन ।

करिब एक लिटरको वोतलमा रहेको रक्सी आधा सकिएपछि महराले आफ्नो दानवी अनुहार देखाउन थालेको उनले रुँदै हाम्राकुरालाई भनिन। जुन कोठामा स्नेहाले महराको खातिरदारी गरेकी थिइन त्यहि कोठामा उनी आफ्नै सरबाट लुटिइन । उनको जीवनमा यसअघि पनि महराले दुर्व्यवहार नगरेका भने थिएनन । तर महराको उच्च राजनीतिक हैसियतका अगाडी उनले त्यसलाई दवाएरै राखेकी थिइन । अलिअलि जिस्के पनि करणीमै उत्रेलान भन्ने आफूले नसोचेको बताउने स्नेहाले आइतवार भने नसोचेको नै भयो । महराले रक्सी खुवाएर मताएपछि आफूलाई बलात्कार गर्लान भन्ने उनको कल्पना वाहिरको कुरा थियो । तर उनको नियतीमाथि बज्रपात नै भयो।

रक्सीले मातिएका महराले उनलाई करणी प्रयास गर्दै उनकै बेडमा लडाए । स्नेहाले आँखाभरि आँसु पार्दै भनिन आफू भन्दा बलियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा लडाइहाले । उनले प्रतिकार गर्ने प्रयास गरिन तर उनको प्रयास खेर गयो । बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कुटाइ खाइरहनुपर्यो । अनुहार र जीउको नीलडाम देखाउँदै उनले हाम्राकुरासँग भनिन, एक्लो अवला देखेर मलाई लुट्नु लुटिरह्यो महराले ।

अन्तिम समयसम्म पनि प्रतिकार गरिरहेकी स्नेहाले झलक्क प्रहरी सम्झिइन । उनले आफूले प्रहरीलाई खबर गर्छु । कि त छैनस कि म छैन भनेर चिच्याउन थालेपछि महरा केही हच्किएका थिए। चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले सो क्रममा घरभेटीलाई दिदी भनेर बोलाएकी थिइन। छोराछोरी विदेशमा रहेका घरबेटीको पनि दम्पती मात्र सो घरमा बस्दै आएका रहेछन् । राती ठूलो स्वरले आवाज दिदा पनि सायद माथि सुन्नु भएनछ,ु उनले भनिन् । महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दुर्व्यवहार गरेका थिए । आफूलाई दुर्व्यवहार भएको ठाउँ उनले देखाइन । भान्सा जाने सानो कोठासम्ममा आफूले प्रतिकार गरेको स्नेहाले बताइन। त्यसक्रममा सबै सामानहरु लडेको र कतिपय सोमबार दिउँसोसम्म पनि लडिरहेको अवस्थामा थियो। महराले खाएको बाँकी रक्सी अझै पनि घटनास्थलमै थियो।

सानो कोठाको भुइ देखाउँदै स्नेहाले भनिन, यहि भुइमा राखेर सबैभन्दा बढी कुट्यो मलाई महराले । मुखभित्र औंला छिराउँदा जमेको रगत देखाउँदै भनिन, अहिले पनि महराको कुटाइले जीउ पुरै थिल्थिलो भएको छ। अनुहारमा मुक्कै मुक्काले हान्दा लागेको चोटदेखि नलिखुट्टामा समेत उनको त्यसक्रममा चोट लागेको छ। टाउको भुइमा वजार्दिएका कारण टुटुल्को उठेको समेत उनले देखाइन ।

जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी स्नेहाले आफूलाई बचाउन सकिनन् । महरासँग हारेकी उनी मुढो जस्तै लडिरहिन् । महरा विजयी भावमा त्यहाँबाट सभामुख निवास फर्के। तर त्यहाँबाट फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि फुटेर झरेको रहेछ। जुत्ताको भित्री तलुवा पनि स्नेहाले तान्दा त्यहि झरेको रहेछ। हाम्राकुरा त्यहाँ पुग्दा उनले ती कुराहरु पनि देखाइन ।

त्यसक्रममा महरालाई उनले रोक्ने प्रयास पनि नगरेकी होइनन। कि आज त छैनस कि म छैन भनेर उसलाई रोक्न त खोजेको थिए तर उसको बलको अगाडी मेरो केही लागेन । आइतवारको कालो रातलाई सम्झदै स्नेहाले हाम्राकुरासँग भनिन, उ गएपछि घरबेटीलाई भने । घरबेटीले प्रहरीलाई खबर गरेपछि प्रहरी मेरो डेरामा आएर सबै फोटो, भिडियो खिचेर गएको छ। सायद प्रहरीले केही गर्छकी तर धेरै भर भने छैन किनकी सत्तामा त उनीहरुनै छन्।

सत्ता र मदिराको उन्मादले महरा कतिसम्म ढिट रहेछन् भन्ने कुरा उनले त्यहाँबाट गएपछि राती दश बजे भाइवरमा गरेको मेसेजले देखियो । राती उनले स्नेहालाई हाई भन्न समेत भ्याएका रहेछन् । स्नेहाको डेरामा जानुअघि पौने सात बजेको आसपासमा महराले फोन गरेर केहि कामको लागि आफू आउन लागेको बताएका रहेछन्।

आफूमाथि जनवर्जस्ती करणी भएपछि उनले राती नै नेकपाका केहि महिला नेतृहरुलाई मेसेज गरि जानकारी गराइन । ‌ओनेसरी घर्तीदेखि पम्फा भुसालसम्मलाई जानकारी गराएपनि कसैले रेस्पोन्स नगरेको उनले सुनाइन । राती नै उपसभामुखदेखि अन्य केहि सांसदहरुलाई पनि यसबारेमा जानकारी दिएको उनले हाम्राकुरालाई बताइन। आफूलाई जवर्जस्ती गरेर हिडेका महराका कान्छा छोरा राहुललाई उनले तिम्रो बाबुले मलाई बलात्कार गरेर हिडे भनेर मेसेज गरिन।

विहानसम्म केही प्रभावशालीहरुका बीचमा यो बिषय चर्चा हुन थालेको थियो । प्रहरी खासै अगाडी बढेको थिएन। यो समाचार लेख्नुअघि हाम्राकुरा तिनकुनेस्थि प्रहरी वृत्तमा पुगेपनि घटनाको बारेमा जानकारी नै नभएको बताइयो । तर आइतवार सोही मातहतको प्रहरी घटनास्थल पुगी सबै घटनाक्रमको रेकर्ड गरि फर्किएको थियो ।

हाम्राकुरा स्नेहालाई भेट्न उनको डेरामा पुग्दा महरा पटक पटक उनलाई फोन गरिरहेका थिए । उनले आइतवारको घटना सामान्य भन्दै त्यसलाई विर्सन म्यासेज गरेका थिए भाइवरमा । एम सरको नाममा सेभ भएको उनको मोवाइलमा उनै सभामुख महरा सर पटकपटक फोन गरि कुरा मिलाउन दवाव दिइरहेका थिए। महराले कल गरेको नम्वर संघीय संसदको टेलिफोन डाइरेक्ट्रीमा भएको नम्वरसँग मिलेको छ।

हाम्राकुरासँग कुरा गर्दै गर्दा उनलाई फोन गरेर आइतवारको घटनाको समिक्षा गर्न तथा मिडियामा नजान समेत दवाव दिएका थिए महराले । उनले आफूले मिडियामा जाने इच्छा नहुँदा नहुँदै पनि जान वाध्य भएको जवाफ दिइन। समिक्षा गरेर के गर्ने फेरि अर्को पटक यस्तै गर्ने ? उनले जवाफ दिएकी थिइन।

पहिला पनि दुर्व्यवहार गर्दा पार्टीकी नेतृ ओनेसरी घर्तीलाई लिखित निवेदन दिएको स्मरण गर्दै उनले भनिन, त्यतिखेर पार्टीभित्रैबाट मिलाइन्छ होला भनेको केहि भएन । बरु महराको उल्टै मनोबल बढ्यो । यो पटक त श्रीमान पनि नभएको बेला पारेर मलाई जवर्जस्ती करणी नै गरे।

देशकै सम्माननीय पदमा वहालवाला मान्छेले यस्तो हर्कत गर्लान भन्ने नसोच्दा नसोच्दै आफू माथि नै त्यस्तो हुँदा आफू विल्कुल असहाय भएको उनले सुनाइन। अब यो कुरा सुार्वजनिक भएपछि मेरो जीवनमाथि नै तलमाथिसम्म गर्ने खेल पनि हुनसक्ने उनले औंल्याइन । किनकी उनीहरु सत्तामा छन् ,शक्तिमा छन्। के यो अवस्थामा वलात्कृत भएकी मैले न्याय पाउँला, उनले गम्भीर सवाल उठाएकी छिन ।

राष्ट्रप्रमुख नै महिला भएको देशको सभामुख जस्तो सम्माननीय पदको व्यक्तिले गरेको यो हर्कतमा उनलाई कार्वाही होलाकी मलाई नै बदनाम मात्र गरिएला, उनले एउटा खुल्ला प्रश्न नेपाली समाजलाई सोधेकी छिन।

घटना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएको व्यक्ति नआएको बताएको छ। उजुरी दिन पिडित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको महानगरिय प्रहरी वृत्त तीनकुनेले जनाएको छ। पिडित महिलाको डेरामा आफू आइतवार राती गएको सभामुख महराले स्विकारे । उनले महिलाले भनेजस्तो केही नभएको उल्लेख गर्दै एक दुई दिनमा भेटेर बताउने बताए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा