१३ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भनेर भाइरल भएको समाचारप्रति उनको सचिवालयले आपत्ति जनाउँदै त्यसमा सत्यता नरहेकाले भ्रममा नपर्न आग्रह गरेको छ ।
सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै सभामुख महरालाई सुनियोजित र योजनाबद्द रुपमा फसाउन खोजिएको उल्लेख गरेका छन् ।
कर्मचारी समायोजनमा चित्त नबुझ्दा महिला कर्मचारीले सभामुखको बारेमा पुरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखसमेत दुखित र आश्चर्यचकित हुनुभएको छ विज्ञप्तिमा उल्लेख छ । सभामुखको बारेमा गरिएको अनर्गल प्रचारबाजी क्षम्य नरहेको पनि विज्ञप्तिमा भनिएको छ ।
यो पनि पढ्नुस:
सम्माननीय सभामुख महरामाथि नै बलात्कारको आरोप, प्रहरी छानविनमा अनईच्छुक !
हेर्नुहोस् सभामुख महराका प्रेस सल्लाहकार डिल्ली महतले जारी गरेको प्रेस विज्ञप्ति: