१४ असोज, काठमाडौं । धितोपत्र बजारको नियमनकारी निकाय कार्कीको कार्यकाल यही असोज मसान्तदेखि सकिंदैछ ।
कार्यकाल सकिन केहीदिन मात्रै बाँकी रहँदा अध्यक्ष कार्कीले आफूले पूँजी बजारका क्षेत्रमा गर्व लाग्नेगरी कार्य गरेको बताएका छन् ।
उनले आफ्नो कार्यकालमा पूँजी बजारका क्षेत्रमा निकै सुधारका कार्यहरु गरेको बताएका छन् । बोर्डको अघिल्लो ८ वर्षे कार्यकाल पूँजीबजारको अवस्थालाई हेर्दा आत्मग्लानी हुने खालको रहेकोमा अहिले सन्तुष्ठ हुने खालको रहेको बताए ।
उनले आफ्नो कार्यकालमा ब्रोकर कमिशन घटाउनेदेखि सेयर बजारलाई डिजिटलाइजेशनसम्म पुर्याएको बताएका छन्। चारवर्षको अवधिमा ब्रोकर कमिशन घटाएर शुन्य दशमलव ४० प्रतिशतमा झारेको उनको भनाई छ ।
त्यस्तै उनले डिम्याट खाता अनिवार्य, आस्बा प्रणाली लागू गरेको साथै आइपिओ निष्काशनदेखि सुचिकरणको प्रक्रिया छोट्याएको समेत दाबी गरे ।
उनले विगतमा ठूला लगानीकर्ताको मात्रै वश्चर्व रहेकोमा प्राथमिक बजारमा १० कित्तादेखि आवेदन दिन पाउने र दश कित्ताका दरले बाँडफाँड गर्ने व्यवस्थाले सबैखाले लगानीकर्ता भित्रिएको जानकारी दिए ।
यस्ता छन्, कार्कीले प्रस्तुत गरेका १० काम हेर्नुस: