१४ असोज, काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरासँग साझा पार्टीले राजीनामाको माग गरेको छ । हालै सभामुख महराबाट भएको बलात्कारको आरोपप्रति साझा पार्टीले गंभीर ध्यानाकर्षण जनाउदै राजीनामाको माग गरेको हो ।
‘सभामुख महराको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ।’ साझा पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हालसम्म प्राप्त सूचना र आरोपको गम्भिरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन साझा पार्टी जोडदार माग गरेको छ ।’
साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ। साझा पार्टी छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजाँयको माग गर्दछ।
प्रेस वक्तव्य: सभामुखमाथि बलात्कारको आरोपबारे