१४ असोज काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई कारवाहीसहित राजीनामाको माग गरेका छन् ।
काठमाडौंमा उपलब्ध कांग्रेसका जिल्ला सभापतिहरुले दिउँसो तीन बजे बैठक गरि संयुक्त धारणा समेत सार्वजनिक गर्ने तयारी गरेको कांग्रेसले जनाएको छ।
जबर्जस्ती करणीको आरोप लागेका सभामूख महराले तुरून्त राजीनामा दिनुपर्ने उनीहरुको माग रहेको छ । कांग्रेस साभपतिहरुले जिल्ला जिल्लाबाट बक्तब्य निकालेर विरोध जनाउने जनाएका छन् । उनीहरुले घटनाको छानविन गरि दोषीलाई प्रचलित कानून बमोजिम सजाँयको माग गरेका छन् ।