१७ माघ २०७९, मंगलवार
समाचार

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराद्वारा पदबाट राजीनामा

प्रकाशित मिति :  १४ आश्विन २०७६, मंगलवार १३:३९


१४ असोज, काठमाडौं । बलात्कारकाे आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले छानविन नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।

उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ, “हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।

सचिवालय बैठकको निर्णय सार्वजनिक भएको १ घण्टाभित्रै महराले सभामुख पदबाट राजीनामा दिएका हुन् । सभामुख कृष्णबहादुर महराको ‘लेटर प्याड’मा बुझाइएको राजीनामा पत्रको पुछारमा सभामुखकै हैसियतमा हस्ताक्षर गरिएको छ । राजीनामा पत्रमा ‘प्रतिनिधिसभा सदस्य’ उल्लेख गरिएको छैन ।

यसअघि नेकपाले पनि महरालाई सभामुख र संसद् सदस्य दुवैबाट राजीनामा गर्न सुझाएको थियो । संसद् सदस्यका रूपमा पनि महराले उपसभामुखलाई नै राजीनामा बुझाउनुपर्नेछ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा