२६ माघ २०७९, बिहीबार

स्याङ्जाको अर्जुनचौपारी बजारमा स्थानीय प्रशासनको अनुगमन

प्रकाशित मिति :  १४ आश्विन २०७६, मंगलवार १८:०७


स्याङ्जाको अर्जुनचौपारी बजारमा स्थानीय प्रशासनको अनुगमन

१४ असोज, स्याङ्जा । चार्डपर्व नजिकिएसँगै स्थानीय व्यवसायीले आम उपभोक्तासँग विभिन्न सामानमा चर्को मुल्य असुलेको गुनासो आईरहेको सयममा अर्जुनचौपारी गाउँपालिकाले अर्जुचौपारी बजारका विभिन्न भागमा अनुगमन गरेको छ ।

बजार अनुगमनका क्रममा अधिकांश व्यवसाय विना दर्ता चलाएको भेटिएको गाउँपालिकाका प्रशासकिय अधिकृत पुरन गुरुङ्ले बताए । उनका अनुसार आन्तरिक राजश्व कार्यालयमा दर्ता गर्नु पर्ने व्यवसाय स्थानीय व्यवसायीले गाउँपालिकामा मात्र दर्ता गरेर चलाएको भेटिएको छ ।

सानादेखि ठूला व्यपारी एवं व्यवसायीलाई गरिएको अनुगमनमा म्याद सकिएका सामाग्री समेत बरामत गरेर नष्ट गरिएको छ । व्यवसायीलाई दर्ता गरेर मात्रै व्यापार व्यवसाय चलानउ सचेत गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमन गर्ने कार्यलाई निरन्तर जारी राखिने गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले बताए ।

गाउँपालिकाको सक्रियतामा गरिएको अनुगमनमा स्थानीय प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघ स्याङ्जा र पत्रकार महासंघको संलग्नतामा अनुगमन गरिएको हो । बजार अनुगमनमा अनुगमन टोली आउने खबर पाएर केहि व्यवसायी पसल बन्द गरेर अयन्त्रै गएको गाउँपालिका कार्यालयले जनाएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा