दशैंका मुखमा नेप्सेको ग्रीन सिग्नल
नेपालबहस संवाददाता
असोज १४, २०७६ मंगलबार २३:५९:९
१४ असोज, काठमाडौं । बडादशैंको आगमनसँगै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको छ ।
नेप्से उकालो लाग्दा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । कूल १६४ कम्पनीको कूल १३ लाख ८६ हजार २८ कित्ता शेयर रु ३१ करोड १४ लाख ८८ हजार ६५२ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ७.९३, उत्पादन ५२.९२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेका छन् ।
यस्तै बैंकिङ १२.८१, विकास बैंक ३.८४, जलविद्युत् ५.१८, वित्त ९.६८, निर्जीवन बीमा ४९.१२, अन्य ९.१२, लघुवित्त ११.२९ र जीवन बीमा १६.६१ विन्दुले बढेको छ । कारोबारका आधारमा आज नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड एक लाख २५ हजार कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
यस्तै शिवम् सिमेन्टको रु चार करोड ३० लाख तीन हजार ५१७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर रु तीन करोड ३१ लाख ८७ हजार ९९६, मेगा बैंक रु एक करोड ३४ लाख ९७ हजार २७३, नेपाल दूरसञ्चार कम्पनी रु एक करोड २९ लाख ५० हजार ८०५, हिमालयन डिस्ट्रिलरी रु एक करोड ६ लाख ८७ हजार ७२० र सिद्धार्थ बैंक रु ९५ लाख २७ हजारमा कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै कारोबारका आधारमा सिनर्जी पावरका लगानीकर्ताले ६.८५, युनियन फाइनान्स ६.५९, रिलायन्स फाइनान्स ६.३६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ प्रतिशतले कमाए ।
यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक ९.०९, शिवम् सिमेन्ट ५.४५, ओरियन्टल होटल ३.११, मल्टीपर्पोज फाइनान्स कम्पनी ३, साञ्जेन जलविद्युत् कम्पनी २.८७, र तिनाउ मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले २.५८ विन्दुले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार