मिना कंडेल
१४ असोज, नवलपुर । पूर्वी नवलपरासीको राजमार्गमा धेरै दुर्घटना हुन थालेपछि प्रहरीले चाडपर्व लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
पूर्वी नवलपरासी गण्डकी प्रदेशकै सबैभन्दा बढि सवारी दुर्घटना हुने, मृत्यु, अगंभगं हुने जिल्लाका रुपमा रहेको छ । सवारी दुर्घटना न्युनिकरण गर्न र चाडपर्वमा अझ धेरै दुर्घटनाहरु निम्तिने खतरालाई कम गर्न प्रहरीले कावासोतीमा यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी निरीक्षक सुरेशबिक्रम शाहले बताए ।
कावासोतीमा शुरु गरिएको यात्रु सहायता कक्षमा सवारी साधनलाई रोकेर यात्रु र चालक दुबैलाई रिफ्रेस हुन अनुरोध गरेको छ । सहायता कक्ष र रिफ्रेस सेन्टरले सडक दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए ।
कावासोतीमा शुरु गरिएको यात्रु सहायता कक्षको उद्दघाटन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले यात्रु सहायता कक्षको स्थापनाले सडक दुर्घटना न्युनिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सबैभन्दा धेरै दुर्घटना हुने नवलपुरमा यात्रु र चालक दुबैलाई बढिमा आधा घण्टा रिफ्रेस कक्षमा राखियो भनेमात्र पनि सडक दुर्घटना ५० प्रतिशतले घटने विश्वास प्रहरी उपरीक्षक मोहन पोखरेलको अनुमान छ ।
पूर्वी नवलपरासीमा गत आर्थिक बर्षमा मात्र १०३ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाए, भने चार सय बढि घाईते अवस्थामा उपचार गराईरहेको र यो नतिजाले गण्डकी प्रदेशमै सबै भन्दा बढि दुर्घटना हुने जिल्लाका रुपमा रहेको र यहाँ ट्राफिक जनशक्ति बढाउन लागिपरेको गण्डकी ट्राफिक प्रहरी प्रमुख बिनोद घिमिरेले बताए ।
पूर्वी नवलपरासीमा चाडपर्बलाई लक्षित गरेर प्रहरीले संचालनमा ल्याएकोे यात्रु सहायता कक्षबाट यो वर्ष सडक दुर्घटनामा कमी आउने अपेक्षा साथ प्रहरीले सुरक्षा योजना समेत सार्बजनिक गरेको र सुरक्षा व्यवस्था समेत प्रतिकुल रहेको साथै प्रहरी हरदम सुरक्षामा अब्बल रहेको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले बताए ।