१३ माघ २०७९, शुक्रबार
समाचार

नयाँ चीन स्थापनाको ७० औँ बर्षगाँठ पूरा, भब्य कार्यक्रमसहित स्थापना दिवस मनाइयो

प्रकाशित मिति :  १५ आश्विन २०७६, बुधबार ०६:५७


नयाँ चीन स्थापनाको ७० औँ बर्षगाँठ पूरा, भब्य कार्यक्रमसहित स्थापना दिवस मनाइयो

१५ असोज, एजेन्सी । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा मङ्गलबार चीनले देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी भब्यताका साथ मनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता माओत्सेतुङको नेतृत्वमा भएको साँस्कृतिक क्रान्ति सफल भएपछि सन् १९४९ अक्टोबर १ मा उनले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए ।

चीनले त्यसयता असाधारण गतिले विकास गरेको छ । बार्षिकोत्सव मनाउन चीनको राजधानी बेइजिङमा पनि ऐतिहासिक ठूलो भनिएको सैन्य परेड सम्पन्न भएको छ ।

बेइजिङमा बार्षिकोत्सवका अवसरमा आयोजित एउटा उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी चिन पिङले भने, “कुनै पनि शक्तिले चीन र यहाँका जनतालाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन ।”

एकतालाई नै चीनको निरन्तर प्रगतिकोे महत्वपूर्ण कारक भएको स्पष्ट देखिएको पनि उनले चर्चा गरे । सी चिन पिङ आधुनिक चीनका माओपछिकै शक्तिशाली नेताका रूपमा उनलाई चिनियाँहरूले मान्ने गरेका छन् ।

उनले थपे, “चीनले ७० वर्ष पार गर्दै नयाँ पाना पल्टाउन लागिरहेको छ । शान्तिपूर्ण विकास तथा सहयोग एवम् साझा विजय भन्ने सिद्धान्त पालना गर्ने चीनले विश्वको शान्ति तथा विकासको लागि अझ उज्ज्वल भविष्य ल्याउने विश्वास विश्व समुदायको रहेको छ ।

कार्यक्रमलाई सफल र भब्यताका साथ सम्पन्न गर्न ट्याङ्कर, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्यबेइजिङको तियानआन्मेन स्क्वाएरमा भेला भएका थिए भने देशैभर ठूलाठूला कार्यक्रमहरू गरिएको थियो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता