१३ माघ २०७९, शुक्रबार
समाज

पोखरा महानगरपालिकाद्धारा ज्येष्ठ नागरिकलाई नगरपिता र माता सम्मान

प्रकाशित मिति :  १५ आश्विन २०७६, बुधबार १०:४५


पोखरा महानगरपालिकाद्धारा ज्येष्ठ नागरिकलाई नगरपिता र माता सम्मान

१५ असोज चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाले २९औँ ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरका ज्येष्ठ दुई नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा वडा नं ११ का ११० वर्षीय गौरी आचार्य र वडा नं ३३ का १०७ वर्षीय पदमबहादुर गुरुङ छन् ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जु गुरुङले रु १० हजार १२५ र दोसल्लाले सम्मान गरे । सम्मान कार्यक्रमा गुरुङ भने उपस्थित हुन सकेनन । उनलाई पछि कार्यालयमा आएपछि सम्मान प्रदान गरिने जनाइएको छ ।

महानगरको नीति तथा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम राखिएको प्रमुख जिसीले बताए । महानगरले ज्येष्ठ नागरिकको लागि १० प्रतिशत भत्ता बढाएको र ज्येष्ठ नागरिकमैत्री वातावरणका लागि योजना बनाइएको उनले जानकारी दिए ।

जिसीले प्रत्येक वडामा ज्येष्ठ नागरिक क्लब बनाएर लैजाने महानगरको योजना भए पनि हाल खानेपानी बाटोघाटोको पूर्वाधार विकासमा जोड दिनुपरेको बताए। भद्रपुर स् अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर मङ्गलबार काँकडभिट्टामा दुई जनालाई नागरिक अभिनन्दन र १५ लाई सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिक मेचीनगर समितिले लिम्बू भाषाका ज्ञाता क्याप्टन गोपीलाल लिम्बू र अधिकारकर्मी माया गुरुङलाई अभिनन्दन गरेको छ भने १५ वडाका एक÷एक सामाजिक क्षेत्रका अगुवा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

नेपालगन्ज स् ज्येष्ठ नागरिक दिवसका अवसरमा १० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । स्वावलम्बी ज्येष्ठ नागरिक सेवा केन्द्र समाज, निलसागर सेवा आश्रम, भेरी वृद्धाश्रम र नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमा १० ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो ।

वालिङ स् अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको छ । नगरपालिका र युवा चिकित्सक सङ्घ नेपालको प्राविधिक सहयोगमा वडा नं ६ खिलुङ देउराली स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको नगरप्रमुख छायाराम खनालले बताए ।

निःशुल्क स्वास्थ्य शिविरमा पेट तथा छाती रोगसम्बन्धी ६२, हाड जोर्नी तथा नशा रोगसम्बन्धी ४६, दाँतसम्बन्धी १४, स्त्रीरोगसम्बन्धी १२, बालरोगसम्बन्धी सात गरी कूल १४१ ले स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधि लिएका स्वास्थ्य परीक्षणमा सहभागी भएका चिकित्सक सङ्घ नेपालका प्रतिनिधि डा निकोलस भुसालले बताए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा




बिजुलीमा निराजनसँग उपासना
नेपालबहस संवाददाता

इनसेसेन्ट रेन एकेडेमी सुरु
नेपालबहस संवाददाता