१५ असोज काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा बिदा हुने दिनहरुमा राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखा खुला रहने भएका छन् ।
२०७६ आश्विन १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखा कार्यालयहरु बिहान १० बजे देखि १ बजे सम्म खुल्ला रहने बैंकले जनाएको छ । काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयहरु बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर, र त्रि.अ.विमानस्थल खुल्ला रहने छन् ।
त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालयहरु विर्तामोड, दमक, इटहरी, बिराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहनेछन् ।
शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन ‘आश्विन २१ गते’ पनि खुल्ला रहने छन् । उक्त बिदाका दिन खुल्ला रहने शाखाहरुबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहाकहरुलाई सेवा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।