२६ माघ २०७९, बिहीबार

महराको राजीनामा ‘म कुटेजस्तो गर्छु, तिमी रोएजस्तो गर’

प्रकाशित मिति :  १५ आश्विन २०७६, बुधबार १२:३६


महराको राजीनामा ‘म कुटेजस्तो गर्छु, तिमी रोएजस्तो गर’

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् ।

निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्तको केसमा गुमिसकेको विश्वास फेरि जगाउनका लागि यो काममा सरकार र प्रशासन लाग्नुपर्ने बताए ।

कानुन सबैका लागि समान भएको बताउँदै उनले अनुसन्धानमा संलग्न प्रहरीहरुलाई दबाव र प्रभावमा नपरी चनाखो भएर काम गर्न सुझाव दिए । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो ।

एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि नेकपा नेता महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए । तर महराको राजीनामा ‘म कुटेजस्तो गर्छु, तिमी रोएजस्तो गर’ भनेजसरी आएको सिंहले टिप्पणी गरे ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा





मिलन नेवारको आँखा झिमीझिमी
नेपालबहस संवाददाता