२६ माघ २०७९, बिहीबार
सुरक्षा/अपराध

प्रहरी बुलेटिन : कहाँ के भयो ? [थाहा पाउनुस]

प्रकाशित मिति :  १५ आश्विन २०७६, बुधबार १३:३७


सुरक्षार्थ क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

१५ असोज, बर्दिया । ६४औं प्रहरी दिवस २०७६ को अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियामा निस्शुल्क स्वास्थ्य शिविर तथा डेंगो रोग सम्बन्धी सचेतनामूलक प्रशिक्षण मंगलबार सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजको आयोजना तथा नेपाल औषधी ब्यवसायी संघ बर्दियाको सहकार्यमा उक्त निसशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण सम्पन्न भएको हो । शिविरमा करिब २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक राजेश नाथ बास्तोला, क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजका चिकित्सकहरु, पुर्व प्रहरी जिल्ला समिति बर्दियाका अध्यक्ष, नेपाल औषधी ब्यवसायी संघ बर्दियाका अध्यक्ष, संचारकर्मी, पुर्व प्रहरी तथा अमर प्रहरी परीवारका सदस्यहरु लगायत अन्य प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

यस्तै,सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(१० एकान्त टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ९ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगरनगरपालिका-१० एकान्त टोल डेरा गरी बस्ने सोही नगरपालिका-१२ चनौटे घर भएका २८ वर्षीय भेष बहादुर बुढा, उनकै श्रीमती २५ वर्षीया पबित्रा बिष्ट र वीरेन्द्रनगर नगरपालिका-८ बस्ने १८ वर्षीय जिबन मस्याङ्गी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले भेष बहादुरको कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उता रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बन्दरगाहबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ९ सय ४० मिलिग्राम सहित सिद्धार्थनगर नगरपालिका-१ बस्ने २९ वर्षीय ईमरान अली र वुटवल उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय सन्तोष सुनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय वेलहियाबाट खटिएको प्रहरीले लु.५२ प ५०१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी रुपन्देही, कंचन गाउँपालिका-३ भगवती टोल बस्ने २८ वर्षीय बिष्णु प्रसाद कडेल र ३१ वर्षीय देबेन्द्र खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९८ मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-९ बस्ने २२ वर्षीय सलाउदिन मुसलमान र मुकिम भन्ने मजिबुर रहमानलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम र स्पाष्मो प्रोक्सिभन क्याप्सुल ४ पिस सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

बाणगंगा नगरपालिका-५ फुटेनीमा ईलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरीले लु.११ प ५२७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै, महोत्तरीमा श्रोत नखुलेको ४ लाख भारतीय रुपैयाँ सहित जलेश्वर नगरपालिका-६ खैराचोक बस्ने ३८ वर्षीय कैलाश साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साहलाई थप अनुसन्धानको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारा पठाइएको छ ।

यता काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलस्थित सडकमा बा।३ ख ३८१७ नम्बरको टिपरले बा.२६ प ४९०३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार चितवन रत्ननगर नगरपालिका-१६ घर भएका २५ वर्षीय सुनिल अधिकारीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर महालक्ष्मी नगरपालिका-२ ईमाडोल घर भएका ४१ वर्षीय टिका बहादुर बानियाको ओम समाज अस्पताल सतुंगलमा उपचार भइरहेको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-२७ स्थित सडकमा बा.४ ख ८२५० नम्बरको बसले पैदलयात्री सोही महानगरपालिका सुनाकोठी बस्ने अन्दाजी ७० वर्षीया रुकु कार्कीलाई बुधबार बिहान ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-३२ शिवनगर डेरा गरी बस्ने सप्तरी कन्चनरूप नगरपालिका(११ घर भएकी ५५ वर्षीया पुष्पा चौधरीको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब १ लाख ७४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक बस्ने झापा घर भएका २४ वर्षीय रुपक लिम्बुको न्यू ज्वाईन्ट ईलेक्ट्रोनिक पसलबाट विभिन्न कम्पनीको टिभि ४ थान, ल्यापटप १ थान र मोबाइल १० थान समेत गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने बिमल तिमिल्सिनाको घरबाट सुनका विभिन्न गरगहना र ल्यापटप १ थान समेत गरी करिब ५ लाख २६ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै,पर्सा, अर्घाखाँची र कपिलवस्तुका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पर्सा, वीरगंज महानगरपालिका-१३ श्रीपुर बस्ने भोज प्रसाद चौरसियाको खाजा पसलमा करेण्ट सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

अर्घाखाँची, शितगंगा नगरपालिका-७ पाखाचौर बस्ने गोपाल नेपालीको घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कपिलवस्तु, जयनगर गाउँपालिका-४ महिलवार बस्ने बासुदेव अहिर र पूर्णबासी अहिरको गोठमा आगलागी हुँदा दुवै जनाको गोठ पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा