शक्तिपीठमा भक्तजनको भीड, कुष्माण्डा देवीको आराधना
नेपालबहस संवाददाता
असोज १५, २०७६ बुधबार २०:१५:५५
१५ असोज, काठमाडौं । नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड बढ्न थालेको छ । उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणीलगायत शक्तिपीठमा भक्तजनको भीड बढेको हो ।
यसैगरी उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ । उपत्यका बाहिरका पाथीभरा, छिन्नमस्ता, पलाञ्चोक, पाल्चोक र नाला भगवती, चण्डेश्वरी, मनकामना, शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ । नवरात्रदेवीको उपासनाका लागि महत्वपूर्ण पर्व मानिन्छ । यस अवसरमा शक्तिपीठमा गई दर्शन गरेमा मनोकांक्षा पूरा हुने, बल, बुद्धि, विद्या र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ ।
यसैगरी घटस्थापनाका दिन घर÷घरमा शुरु भएको दशैँ घर वा पूजा कोठामा आज नवरात्रको चौँथो दिन नवदुर्गामध्येकी चौँथो देवी कुष्माण्डा देवीको पूजा आराधना गरियो । पहिलो दिन अर्थात् असोज १२ गते घटस्थापनाका दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिएको हो ।
असोज १८ गते शनिबार फूलपातीदेखि दशैँको विशेष चहलपहल शुरु हुन्छ । यसैदिनदेखि शक्तिपीठमा भक्तजनको अझै बढी भीड बढ्छ । बजारमा दशैँको किनमेल गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । उपत्यकाबाट बाहिरिनेको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार