कृष्णबहादुर महरा सभामुखबाट हटिसके । महराको राजनीति च्याप्टर सकियो । उनी माथि आचरणको प्रश्न तेर्सियो । तर, सत्तारुढ दल अर्को षडयन्त्रमा जुटेको छ । उपसभामुख शिबमाया तुम्बाहाम्फेलाई पनि राजीनामा गर्न लगाउने । दुबै पदमा चुनाव गर्ने । संसदमा आफ्नै बहुमत छ । अनि सभामुख पद जसरी पनि हत्याउने । अर्को आचरण सकिएको आफ्नै पार्टीको कुनै राम, श्याम, घनश्यामलाई सभामुख बनाउने । पदको गरिमा फेरि सिद्ध्याउने ।
कांग्रेस बोल्न सक्दैन । कांग्रेस केहि गर्न सक्दैन । यो देशमा प्रतिपक्षी छँदैछैन । अन्य साना दलहरु पुच्छर मात्र छन् । देशमा स्थायी राजनीति होला । समृद्धि होला । भ्रष्टाचार रोकिएला । हिंसा, अपराध नहोला । यस्तै सोचेर बाध्यतामा परेर निरिह जनताले नेकपालाई भोट दिए । अहिले उल्टो परिणाम भोगिरहेका छन् जनताले ।
यो शताब्दीकै सबैभन्दा बढी महंगी यहि कम्युनिष्ट सरकारकै पालामा बढेको छ । मुद्रास्फृति चर्कंदो छ । अपराध र हिंसाले गाउँघरदेखि शहर सुरक्षित छैनन् । कति खुल्ला र प्रेममय थियो हाम्रो समाज । अहिले कम्युनिष्टले हिंसाको बीउ रोपिदिएर जता गयो अपराध र घृणा मात्र फैलिरहेको छ ।
कुनै ठुला बिकास आयोजना शुरु भएका छैनन् । जनतालाई आँखामा छारो हाल्न, स्केच खिच्न लगायो, मिडियामा प्रकाशन गर्न लगायो , फलानो रेल सर्बेक्षण, फलानो सुरुङ बन्ने भनिदियो , पुल बन्ने, फलानो सडक यस्तो बन्ने भनेर सपना देखाइदियो । अनि शिल्यान्यास गरेर बिकास गर्ने आँफुले जस लिने मात्र सत्तारुढ दलले उल्झन गरिरहेको छ । यी सबै सपना साकार हुन तीन पुस्ता सकिनेछ । तपाई हाम्रो त यही नारकीय डुङडुङति गन्हाउने फोहोर, धुलो र हिलोमै जीवन सकिनेछ ।
कसैलाई भ्रम नहोस, सत्तारुढ दल नेकपाले यो दुई बर्षमा बिकासका एउटा पनि काम गरेको छैन । कसैले भन्ला, पोखराको र भैरहवाको अन्तर्राष्ट्रिय बिमानस्थल त बनिरहेका छन् । फेरि भ्रम नहोस यी दुई बिमानस्थल १० बर्ष अघिदेखिकै परियोजना हुन् । यसका तथ्यहरु लगानी बोर्डदेखि भौतिक योजना मन्त्रालयका रिपोर्टहरु हेर्न सक्नुहुन्छ ।
सरकार के गर्छ थाहा छ, ‘जनता अरबका खाडीबाट रगत, आँसु र पसिना बगाएर ल्याएको पैसाबाट घरमा शौचालय बनाउँछन्, सरकार दक्षिण एशियाको खुल्ला के के मुक्त देश भनेर चिच्याउँछ । सरकारले एउटा गतिलो सार्बजनिक शौचालय बनाएको कतै देख्नु भएको छ ? छि यति लाजमर्दो नेकपालाई निरिह जनताले भोट दिइरहने ?
धेरैलाई थाहा छैन होला, रोशनी कुनै बेला माओवादी युद्धमा लागेकी कम्युनिष्ट लडाकु हुन् । अर्थात माओवादी हुन् । माओवादीको स्वास्थ्य क्षेत्रमा काम गर्ने र महरा लगायतहरुसँग हिमचिम बढाउने उनको काम । जब यिनीहरु बीच के कुरा मिलेन अहिले सभामुख पदकै बेइज्जत गर्दे कहिले बलात्कार गर्यो, कहिले गरेन, प्रेम गर्यो के के गर्यो भनेर जनतालाई बेवकुफ बनाउने । हुन त यी दुवैले कम्युनिष्ट लक्षण देखाएका मात्र हुन् ।
अरु कुरा देखिरहनु भएकै छ । यो शताब्दीकै सबैभन्दा बढी महंगी यहि कम्युनिष्ट सरकारकै पालामा बढेको छ । मुद्रास्फृति चर्कंदो छ । अपराध र हिंसाले गाउँघरदेखि शहर सुरक्षित छैनन् । कति खुल्ला र प्रेममय थियो हाम्रो समाज । अहिले कम्युनिष्टले हिंसाको बीउ रोपिदिएर जता गयो अपराध र घृणा मात्र फैलिरहेको छ ।
कम्युनिष्टहरु ढोंगी हुन्छन् । उनीहरुलाई प्रेम पच्दैन । तर, भित्र भित्र आफुहरु नैतिकहराम हुन्छन् । पुराना कम्युनिष्ट बुढाहरु प्रेम गरेरै विवाह गरे । हेर्नुस नेपालका पुराना कम्युनिष्ट नेताहरुको पारिवारिक अबस्था र जीवन । यिनीहरुले धेरैसँग सम्बन्ध जोडे । तर, समाजलाई स्वतन्त्र हुन दिंदैनन् । आफुले प्रेम गर्न र आफुले भने जस्तो रंगलिला भएन भने कम्युनिष्टहरु आफ्नै पार्टनरदेखि अरु सबैलाई सिद्ध्याउन अनेक हर्कत गर्छन् ।
यसैको पछिल्लो उदाहरण हो रोशनी शाही र कृष्णबहादुर महरा काण्ड । धेरैलाई थाहा छैन होला, रोशनी कुनै बेला माओवादी युद्धमा लागेकी कम्युनिष्ट लडाकु हुन् । अर्थात माओवादी हुन् । माओवादीको स्वास्थ्य क्षेत्रमा काम गर्ने र महरा लगायतहरुसँग हिमचिम बढाउने उनको काम । जब यिनीहरु बीच के कुरा मिलेन अहिले सभामुख पदकै बेइज्जत गर्दे कहिले बलात्कार गर्यो, कहिले गरेन, प्रेम गर्यो के के गर्यो भनेर जनतालाई बेवकुफ बनाउने । हुन त यी दुवैले कम्युनिष्ट लक्षण देखाएका मात्र हुन् ।
आँफै मोजमस्ती गर्छन् । किनकी कम्युनिष्टहरु ढोंगी हुन्छन् । अहिले देखिरहनु भएको छ, सबैभन्दा धनी र सुखसयल नेकपाका नेताहरुले लिइरहका छन् । यो रंगलिला, पैसा र शानमा जनताको रगत, पसिना र आँसु मिसिएको छ ।
यस्ता हजारौं उदाहरण भित्र भित्र कम्युनिष्ट भित्र कति छन् कति । तपाईलाई थाहै होला, कम्युनिष्ट अधिकारकर्मीदेखि बिभिन्न सामाजिक क्षेत्रका ब्यक्तिहरु आफुले भने जस्तो भएन भने अरुलाई बिभिन्न आरोप लगाएर सिद्धाइदिन्छन् । रोशनीले त्यहि गरेकी हुन्, जुन कम्युनिष्टको असली रुप हो । आफैले बालेको भुग्रोमा महरा परेका मात्र हुन् । कम्युनिष्टहरु निर्दयी हुन्छन् । आफुलाई मन परेसम्म प्रयोग गर्छन् । मन नपरेपछि आफ्नैलाई खतम गरिदिन्छन् ।
कम्युनिष्टहरु स्वतन्त्रता मन पराउँदैनन् । त्यहि भएर वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, व्यवसायिक स्वतन्त्रता होस वा प्रेम गर्ने स्वतन्त्रता कम्युनिष्टहरु हरण गर्छन् । उनीहरु यी सबै स्वतन्त्रतालाई आँफैले मात्र प्रयोग गर्न चाहन्छन् । आँफै मोजमस्ती गर्छन् । किनकी कम्युनिष्टहरु ढोंगी हुन्छन् । अहिले देखिरहनु भएको छ, सबैभन्दा धनी र सुखसयल नेकपाका नेताहरुले लिइरहका छन् । यो रंगलिला, पैसा र शानमा जनताको रगत, पसिना र आँसु मिसिएको छ ।
सामाजिक प्रेम खोस्ने, सद्भाव भड्काउने, ब्यक्तिगत स्वतन्त्रता खोस्ने, अपराध गर्ने, देश लुट्ने, भित्र रंगलिला गर्ने बाहिर अपराध गर्ने, जनतालाई दिनदिनै झुट बोल्ने यही सत्तारुढ दल नेकपालाई के अब तपाई साथ दिनुहुन्छ ? अब त घोत्लिएर सोच्नुस । यो सब पाप गर्नेमा तपाई हाम्रो हात छ कि छैन ? हे जनताहरु हो, अब त चेत पाउनुहोस ।
यहाँ स्मरणीय कुरा के छ भने फेरि पनि सभामुख पद सत्तारुढ दल नेकपाले लिन अनेक षडयन्त्र गर्यो भने नेपाल असफल देश सावित भएर अन्य मुलुकको हस्तक्षेप शुरु हुनेछ । त्यतिबेला न कम्युनिष्ट रहन्छ । न हामी नेपाली हुनेछौं । मात्र पृथ्वीको जमिन रहनेछ ।