१३ माघ २०७९, शुक्रबार
समाचार

पटनाका दश हजार बाढी पीडितको उद्धार

प्रकाशित मिति :  १५ आश्विन २०७६, बुधबार २३:०८


बिहार राज्य

१५ असोज, एजेन्सी । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन फौजले विहारको पटना क्षेत्रबाट दश हजारभन्दा बढी बाढी पीडितहरूलाई उद्धार गरिएको जनाएको छ । विहार प्रदेशको राजधानी पटना क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको फौजका प्रमुख विजय सिंहले बुधबार जानकारी दिए।

एएनआईसँगको कुराकानीमा उहाँले भन्नुभयो, “हाम्रो फौजले दश हजार जनालाई डुबान भएको ठाउँबाट बाहिर निकालेको छ, उनीहरूलाई राहत सामग्रीहरू पनि वितरण गरिएको छ ।”

उनले उद्धार गरिएकाहरूलाई थप खाद्य पदार्थसहित अत्यावश्यक सामग्रीहरूको अभाव भएको पनि बताए। विगत केहीदिनदेखि यस क्षेत्रमा वर्षा भएको र बाढीबाट हजारौँ प्रभावित भएको समाचार आइरहेको थियो ।

सिंहले अझै पनि पानीको तह पूरै नहटेको बताए । उद्धार गरिएकाहरूलाई डुङ्गाबाट उद्धार गरिएको उनले जानकारी दिए। “पानी सकिएपछि ट्याक्टरको प्रयोग गर्ने योजना बनाएका छौँ,” उनले भने ।

भारतको विहारसहित केही प्रदेशहरूमा विगत केहीदिनदेखि आएको अत्यधिक वर्षाका कारण केहीको मृत्यु भएको छ भने हजारौँ विस्थापित र लाखौँ प्रभावित भएका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा