नेप्से परिसूचक बढ्यो
नेपालबहस संवाददाता
असोज १६, २०७६ शुक्रबार १:३:१५
१६ असोज, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक पनि २.१९ विन्दुले बढेर २५१.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकममा भने अपेक्षित वृद्धि हुन सकेन । कूल १५३ कम्पनीको ६ लाख ४७ हजार ५६२ कित्ता शेयर रु १७ करोड ६६ लाख ३३ हजार ५१४ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये आज १० उपसमूहको शेयर उकालो लागेको छ भने एक उपसमूहको मात्रै शेयर घटेको छ । वित्त उपसमूहको शेयर ३.२८ विन्दुले घटेको छ ।
बैंकिङ ६.१५, होटल २२.४६, विकास बैंक १३.०४, जलविद्युत् ७.६८, निर्जीवन बीमा ३९.८, उत्पादन ८३.१५, अन्य १.२९, लघुवित्त १४.२४, जीवन बीमा ४९.५१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ ।
कारोबारका आधारमा आज सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो होटलको रु तीन करोड १३ लाख ९९ हजार २०० मा कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
यस्तै सिद्धार्थ बैंकको रु एक करोड ५५ लाख ५९ हजार ७२९, शिवम सिमेन्ट रु ९२ लाख १३ हजार ६४५, प्रभु बैंक रु ७९ लाख ८० हजार ८७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु ४७ लाख १८ हजार ६०७ र एभरेष्ट बैंक लिमिटेडको रु ४६ लाख २० हजार ६९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार युनिलिभर नेपालका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंक ४, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ३.९६, कालिका पावर कम्पनी ३.९५, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७० र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६९ प्रतिशतले कमाए ।
त्यस्तै, युनाइटेड फाइनान्स ९.३१, अरुण भ्याली हाइड्रोपावर ४.०८, नेपाल हाइड्रो ४, बैंक अफ काठमाडौँ ३.७८, मिथिला लघुवित्त वित्तीय संस्था ३.७३ र रिडी हाइड्रोपावरका शेयरधनीले ३।६१ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
कालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार